Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा एकैरातमा तीन भन्दा बढी ठाउँमा चोरी

बेलडाँडीमा एकैरातमा तीन भन्दा बढी ठाउँमा चोरी

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ बैवाहका तीन चार घरमा एकै रातमा चोरी भएको छ । बैवाह बस्ने बम बहादुर बुढा सरको घरमा हिजो राती करिब २ बजेको समयमा चोर घरमा घुसी ३ थान मोवाई चोरेको र पडोसीको किराना पसलमा तोडफोड गरी करिब तीन चार हजार बराबरको समान र नगद चोरेको स्थानीय शिक्षक बुढाले बताए ।

उहाँका अनुसार आफु सुत्ने सिरानीमा मोवाइल राखेको र सिरानी बाट बुवाको आफ्नो मोवाईल चोरी गरी छिमेकीको खोकामा समेत चोरी गरेको बताए । चोरी हुना साथ प्रहरीलाई खवर गरेको प्रहरीले अनुसन्धान जारी राखेको बताए । हिजो मात्र वडा नं.५ को इमलीया गाउँमा समेत १ साइकल चोरी भएको बताए ।

गाउँमा यसरी चोरीको विगविगी बढ्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । प्रहरीलाई चोरले चुनौती गरेपछि प्रहरीले गस्ती बढाएको छ । प्रहरीका अनुसार केहि दिन भित्रै चोर पत्ता लगाएर छाड्ने जनाएको छ ।

ताजा समाचार