Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएमाले–काँग्रेसका उम्मेदवारलाई उछिन्दै शुक्लाफाँटा ८मा माओवादीका महरा वडाध्यक्षमा निर्वाचित

एमाले–काँग्रेसका उम्मेदवारलाई उछिन्दै शुक्लाफाँटा ८मा माओवादीका महरा वडाध्यक्षमा निर्वाचित

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८मा फेरी नेकपा माओवादी केन्द्रले नै जितेको छ । ०७४ मा पनि माओवादी केन्द्रले जितेको वडा यस पटक पनि जितेको हो ,।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार वडाअध्यक्षमा बहादुर सिह महरा सहितकै प्यानल निर्वाचित भएको छ । महराले आफ्ना निकटतम प्रतिद्वन्दी एमाले चक्र्रसिह ठगुन्नालाई २५५ र काँग्रेसका कृष्ण बहादुर ठगुन्नालाई ३६२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । महरा नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।
सदस्यमा लालसिह महरा, जनकलाल डगौरा, विमलादेवी चौधरी र सरितादेवी टमाटा निर्वाचित भएका छन । यस अघि पनि भारी मतका साथ बहादुर निर्वाचित भएका थिए । पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका महरा दोस्रो पटक वडाअध्यक्षको यात्रामा छन । गाँउमा विकास निर्माणको काम गरेर लोकप्रियता कमाएका महराले वडालाई नमुना वडा बनाउने संकल्प गरेका छन ।

ताजा समाचार