Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकसरी गुम्यो ७४ को एमालेको विरासत, बागी हावी हुदाँ एमाले कमजोर

कसरी गुम्यो ७४ को एमालेको विरासत, बागी हावी हुदाँ एमाले कमजोर

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ मा एमालेका उम्मेदवार माथि एमालेकै बागी उम्मेदवार हाबी भएका थिए । वडामा जिल्ला पार्टीले निर्वतमान वडाध्यक्ष प्रेमराज खातीलाई उम्मेदवार बनाएको थियो । तर, टिकट वितरणमा असन्तुष्टि जनाउँदै आएका विष्णुराम उपाध्याय, भोजराज पाण्डेयले वडामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

नेकपा एमाले बेलडाँडी गाउँकमिटी सहसचिव समेत रहेका उपाध्यायले पार्टीले आसेपासेलाई मात्रै टिकट दिएको भन्दै चर्को बिरोध गर्दै चुनावी मैदानमा एक्लै होमीएका थिए । उनले वडामा बागी उम्मेदवारी दिएपछि एमालेको गाउँ कमिटी सह सचिव पदका साथै पार्टीबाटै समेत हटाउन सिफारिस भएको थियो । कारबाहीको सिफासिरका बाबजुत पार्टीका विरुद्ध लडेका उपाध्यायले वडामा पराजय भोगे पनि एमालेका वडा अध्यक्षलाई भने उछिनेका छन ।

उपाध्यायले वडामा खसेको कुल २ हजार ९२ मत मध्ये ३८३ मत पाउँदा एमालेका वडा अध्यक्षका उम्मेदवार खातीले भने ३६३ मत पाएका छन । जसको फाईदा कांग्रेसका उम्मेदवारलाई पुगेको थियो ।

वडा अध्यक्षमा विजयी भएका नारद सिह उर्यालले ९ सय ४४ मत ल्याउँदै विजयी भएका छन । उर्यालले एमालेका बागी उम्मेदवार उपाध्याय भन्दा ५६१ मत बढी पाएपनि सो वडामा अध्यक्ष पदका लागि लडेका ९ जना उम्मेदवार मध्ये एमालेका वडा अध्यक्षका उम्मेदवार खाती, एमालेकै बागी उपाध्याय,पाण्डेय र एमाले बाट फुटेको समाजवादीका उम्मेदवारको मत जोड्ने हो भने कांग्रेसका उम्मेदवार भन्दा १८१ मत ले बढी हुन जान्छ ।

एमालेमा संक्रिय रहेर पनि पार्टीले टिकट वितरण गर्दा आफ्ना आसे पासेलाइ प्राथमिकता दिएको भन्दै पार्टीको विरुद्धमा गएका उपाध्यायलाई सामान्य रुपमा हेरिएको थियो । तर, अहिले उनले पार्टीका उम्मेदवार भन्दा बढी मत ल्याएपछि अहिले पार्टीमा समिक्षा गर्नुपर्ने समय आएको एमालेकै नेताहरुले बताउन थालेका छन ।

बेलडाँडीमा २०७४ सालको चुनावमा गाउँपालिका प्रमुख उपप्रमुख सहित ४ वडामा विजयी भएको एमाले यस पटक भने १ वटा वडा मात्र जितेको छ ।

हारको कारण अन्तरघात

वडा नम्बर २ मा मात्रै नभएर समग्र बेलडाँडीमा एमाले कमजोर देखिएपछि त्यसको मुख्य कारण एमाले विभाजन र एमाले भित्र अन्तरघात भएको भनेर टिकाटिप्पणी गर्न सुरु भएको छ । २०७४ सालको स्थानीय चुनावमा बेलडाँडीमा कांग्रेसको अपेक्षाकृत नतिजा नआउनुको कारण पार्टी भित्रको अन्तरघातलाई लिइएकोमा अहिले सोही रोग एमालेमा सरेको समेत चर्चा गरिन थालिएको छ ।

बेलडाँडीमा एमालेको टिकट वितरणमै काखापाखा गरिएको आरोप लागिरहेका बेला एमालेको नतिजा नै झन कमजोर आउँदा सो आरोपमा मलजल पुगेको छ ।

जसका कारण अहिले गाउँपालिका प्रमुखका उम्मेदवार हारेका वडाध्यक्षहरु नै खुलेर अन्तरघातका बिषयमा बोल्न थालेका छन । टिकट वितरण अघि पार्टी भित्र कुनै अन्तरघात नभएको एमालेले जनाएको थियो । चुनाव नजिकिदै गर्दा एमाले भित्र फरक वातावरण बनिसकेको समेत एमाले नेताहरुले विश्लेषण गरेका छन् ।

ताजा समाचार