Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुर नगरमा माओवादीको जित शुरुवात माओवादीका युवा नेता साउद कृष्णपुर २ को...

कृष्णपुर नगरमा माओवादीको जित शुरुवात माओवादीका युवा नेता साउद कृष्णपुर २ को वडाध्यक्षमा निर्वाचित

कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ ।
कृष्णपुर नगरपालिका २बाट माओवादी केन्द्रको जित शुरुवात भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन साउद कृष्णपुर २को वडाध्यक्षमा निर्वाचित भएका छन । माओवादीका उम्मेदवार साउदले एमालेका जयनारायण जोशी र काँग्रेसका बीर ब. चन्दलाई उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका हुन । साउदले एमालेका जोशी र काँग्रेसका चन्दलाई भन्दा ३ सय मतको हाराहारीमा पछाडी पारेका थिए । माओवादीका साउदले १ हजार ३७५ , काँग्रेसका चन्दले १ हजार १६ र एमालेका जोशीले १ हजार ३० मत ल्याएका थिए । नेकपा माओवादी केन्द्र कञ्चनपुरका चर्चित युवा नेता एव प्रदेश सदस्य साउदले वडा जितेसंगै वडाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । उक्त वडामा ४ हजार ३६०मत खसेका थिए । उक्त वडा यस अघि एमालेले जितेको थियो ।

ताजा समाचार