Monday, August 8, 2022
गृहपृष्ठदैनिक गतिविधीबेदकोट नगरको मेयर उपमेयरमा कांग्रेसका बोहरा र जोशी निर्वाचित 

बेदकोट नगरको मेयर उपमेयरमा कांग्रेसका बोहरा र जोशी निर्वाचित 

कञ्चनपुर,
बेदकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलशी जोशी उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुसिला सिंह ४ हजार ७४० मतमा रोकिइन् ।

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्म्ेदवार समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलमे १ हजार ७५१ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत सहित विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन् ।

ताजा समाचार