Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी पुन: फराकिलो मतको अन्तरले निर्वाचित

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी पुन: फराकिलो मतको अन्तरले निर्वाचित

बेलाैरी,
बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित कञ्चनपुर, ३ जेठ कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन ।

माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई २ हजार ७४० मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन । चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ४७ मत ल्याएका थिए ।

काँग्रेसका हरेन्द्र विष्टले ५ हजार ३२४ मत ल्याएका छन । यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए । यति बेला २९ हजार ३७७, मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए ।

ताजा समाचार