Tuesday, August 16, 2022
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

सुदूरपश्चिम प्रदेशको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश स्थित बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार शन्तोस प्रकाश जोशी विजयी भएकाछन् । जोशी ले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५ सय २१ मतले उछिन्दै जित सुनिश्चित गरेका हुन । गाउँपालिकाको उपाध्यक्षमा बाम लोकतान्त्रीक गठबन्धनमा उम्मेदवार भगीरथ बोहरा निर्वाचित भएका छन्।
अध्यक्षमा जोशिले ३ हजार १ सय ८९ मत र नेकपा (माओवादी केन्द्र) का रानाले २ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए। जोशीले रानालाई ५ सय ४८ को फराकिलो मतन्तारले विजयी भएका हुन। उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७ सय ७९ मत ल्याएकाछन् । बोहराले जोशीलाई १ हजार ९४ मतन्तारले हराउदै उपाध्यक्षमा निर्वाचित भएका छन ।
यस्तै वडा न. ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानल सहित विजयी भएकाछन् । वडा न. ४,५ र ७ मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित निर्वाचित भएकाछन् । वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरी पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए । डिलाशैनीको वडा न.१ र ६ मा काग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् ।
बैतडीसहित सुदूरपश्चिममा लोकप्रिय छवि बनाएका अध्यक्ष जोशी डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिइ निर्वाचित भएपछि अहिले देश तथा विदेशबाट उनका शुभेच्छुकहरुमा खुशियाली छाएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम अध्यक्षको जिममेवारीबाट गत बैशाख १२ गते पार्टी केन्द्रिय कार्यालयमा राजिनामापत्र बुझाइ स्वतन्त्र उममेदवारी दर्ता गरेका जोशीले बैशाख १७ गते निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका थिए । उनले सत्ता गठबन्धनका उम्मेदवार र यसअघि २०७४ मा निर्वाचित एमालेलाई पराजित गर्दै विजय हात पारेका हुन् ।

ताजा समाचार