Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी ५ मा माओवादीको लालकिल्ला निरन्तरता

बेलौरी ५ मा माओवादीको लालकिल्ला निरन्तरता

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिका ५ माओवादी केन्द्रको लाल किल्लाकै रुपमा हेरिन्छ । उक्त वडामा पनि यस बर्ष नेकपा माओवादी केन्द्रले जितेको छ । बेलौरी ५मा माओवादी केन्द्रको पुरै प्यानल भारी बहुमतका साथ निर्वाचित भएको छ ।
स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवारले एमाले काँग्रेसका उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा माओवादी केन्द्रका लाल बहादुर चौधरी निर्वाचित भएका छन ।
एमालेका साईतु कुमार चौधरी भन्दा दोब्बर ८१५ र काँग्रेस उम्मेदवार जित बहादुर चौधरी भन्दा ४६१ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । राप्रपाका मोहन सिह विष्ट भन्दा १ हजार १७६मतको अन्तरले हराएका थिए ।
यस अघि ०७४ को निर्वाचनमा एमाले उम्मेदवार साईतु कुमार चौधरी माअ‍ोवादीबाट निर्वाचित भएका थिए । साईतु एमालेमा प्रवेस गरेसंगै उनलाई उतैबाट टिकट दिईएको थियो । एमालेमा प्रवेस गरेका साईतुले माओवादी उम्मेदवार भन्दा दोब्बरले पराजित भएका छन । यस वडाबाट माओवादी मेयरका उम्मेदवार पोतिलाल चौधरीलाई १४ सय २४, काँग्रेसका हरेन्द्र विष्टलाई ७८० र एमालेका कमला बोहरालाई ४०५ मत पाईएको छ ।

ताजा समाचार