Thursday, June 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार नारद सिंह उर्याल फराकिलो मतान्तरले विजयी

बेलडाँडी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार नारद सिंह उर्याल फराकिलो मतान्तरले विजयी

कञ्चनपुर/विकास महता
बेलडाँडी गाँउपालिका २ मा नेकपा एमालेको किल्ला भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार फराकिलो मतका साथ निर्वाचित भएका छन ।

काँग्रेसका नारद सिह उ¥यालले एमालेका उम्मेदवार प्रेम सिंह खातीलाई तेब्बर मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन ।

काँग्रेसका उ¥यालले ५८१ मतको अन्तर हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । उ¥याउलले ९४४, खातीले ३६३ मत ल्याएका थिए । एमालेका आधिकारिक उम्मेदवार भन्दा एमालेकै बागी वडाध्यक्षका उम्मेदवार विष्णूराज उपाध्यायले ३८३ मत ल्याएका छन । बि.सं. २०७४ मा वडा सदस्य भईसकेका एमालेकै अर्का बागी भोजराज पाण्डेले १२९ मत ल्याएका छन ।

समाजवादीका गगन ब. थापाले २५० र राप्रपाका गम्भिर सिह बोहराले ९१, विप्लवका हिरालाल ओखेडाले ५५ मत ल्याएका थिए । उक्त वडामा ४ हजार ३ सय ८३मध्ये २ हजार ९२ मत खसेका थिए । काँग्रेस वडाध्यक्षमा निर्वाचित उ¥याल समाजसेवी, भद्र तथा बरिष्ठ व्यवसायी हुन । विवादरहित उनको भद्रताले जनमत बटुलेको स्थानीयको भनाई छ ।

बेलडाँडी गाउँपालिका अन्तर्गत रहेका ५ वडा मध्य नेपाली कांग्रेसले १,२,३ र ५ नम्बरमा पुरै प्यानलका साथै गाउँपालिका अध्यक्ष हरिचन्द्र राना र उपाध्यक्ष महिला नेतृ शान्ती नाथ समेत निर्वाचित भएका छन् । नेपाली कांग्रेसले वडा नं १ मा गज बहादुर बिष्ट ,वडा नं ३ मा दुर्गा प्रसाद चौधरी र वडा नं ५ मा ईन्द्र बहादुर खडका र वडा नं ४ मा एमालेका वीर बहादुर खडकाको प्यानल विजयी भएका छन् ।

ताजा समाचार