Thursday, June 30, 2022
गृहपृष्ठजिवनशैलीकांग्रेस बेलडाँडी गाउँसभापति बिष्टले बेलडाँडीमा आफु पनि जिते अरुलाई पनि जिताए

कांग्रेस बेलडाँडी गाउँसभापति बिष्टले बेलडाँडीमा आफु पनि जिते अरुलाई पनि जिताए

बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडी गाँउ सभापति गज बहादुर बिष्टले आफु वडामा विजयी हुनुका साथै बेलडाँडीमा नेपाली कांग्रेसलाई आफ्नो पालामा जित दिलाएका छन् ।

बिष्टका काधमा नेपाली कांग्रेसलाई सफल बनाउने १४ औं महाधिवेशनबाट जिम्मेवारी थपिए साथै उने आफ्नो पालामा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई बेलडाँडी सरकार चलाउने जिम्मामा ल्याउन सफल भएका छन् । ७४ को निर्वाचनमा बेलडाँडी गाउँ सभापति हर्कदेव जोशीको पालामा कांग्रेसले ठुलो क्षति बेहोरेको थियो ।

नेपाली कांग्रेस बेलडाँडी सभापति तथा नव बेलडाँडी गाउँपालिका वडा नं.१ अध्यक्षमा निर्वाचित हुनभएका बिष्टले पार्टीपंतीलाई एक ढिक्का बनाउदै बेलडाँडीका ५ वडा मध्ये ४ वटा वडा र बेलडाँडी प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसलाई जित दिलाउन सफल भएका छन् ।

बिष्ट निर्वाचित भएकै दिन आफुले बेलडाँडी बासीको पक्षमा काम गर्ने बताउदै पार्टीले दिएको जिम्मेवारी पुर्णरुपले पालना गर्ने बताएका छन् ।

गाँउ प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र रानाले एमाले उम्मेदवार अक्कल बहादुर विष्टलाई १ हजार ८०६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
रानाले ४ हजार २०१ र विष्टले २ हजार ३०१ मत ल्याएका थिए ।

बेलडाँडी गाँउ प्रमुखमा निर्वाचित भएका राना नेपाली काँग्रेस कञ्चनपुरको उपसभापति हुन । पुर्व शिक्षक समेत रहेका राना गत ०७८ मा काँग्रेस १४ औँ महाधिवेशनबाट जिल्ला पाटी उप सभापति निर्वाचित भए र यस बर्षमा गाँउ अध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै शान्ती नाथ निर्वाचित भएकी छिन । नाथले एमाले उम्मेदवार फुलदेवी रानालाई ४ सय ४७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भईन ।

नाथले ३ हजार ६७३ र रानाले ३ हजार २२६ मत ल्याएका छन । गाँउपालिका उपाध्यक्षमा निर्वाचित नाथ काँग्रेस महिला नेतृ हुन । जोशी गाउँसभापति भएका पाला ०७४ मा गुमाएको पालिका यस पटक बिष्ट सभापतिको पालामा फिर्ता ल्याएको छ ।

काँग्रेसले वडा नं.१, २, ३ र ५, एमालेले ४ वडा जितेको छ । काँग्रेसले १ वडा जित्दा एमाले चार वडा र अहिले एमाले एक वडा जित्दा काँग्रेस ४ वडा सहित पालिका नेतृत्वमा पुगेको छ ।

ताजा समाचार