Thursday, June 30, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी ८ मा माओवादी केन्द्रका राना सहित पुरै प्यानल निर्वाचित

बेलौरी ८ मा माओवादी केन्द्रका राना सहित पुरै प्यानल निर्वाचित

बेलडाँडी,
कञ्चनपुरको बेलौरी नगरपालिका ८ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।

बेलौरी नगरपालिका वडा नं. ८ मा नेकपा माओवादी केन्द्रका बिश्राम रानाले एमालेका गजेन्द्र चन्दलाई फराकिलो मत ५३८ को अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

माओवादीका रानाले १ हजार ३४० र एमालेका चन्दले ८०२ मत ल्याउनु भएको छ । यस्तै काँग्रेसका मदन सिह ऐरीले ३११ मत ल्याउनु भएको छ । यो वडासंगै माओवादीले बेलौरीमा १, ८, १० गरी ३ वडा जितेको छ । एमालेले २, ३ गरी २ र काँग्रेसले ९ गरी १ वडा जितेको छ । अहिले ४ नम्बर वडाको मत गणना भईरहेको छ । बाँकी ५, ६ र ७ वडा रहेका छन । मेयरमा माओवादी पोतिलाल चौधरीले ५ हजार ५८२, एमालेका कमला बोहराले ४ हजार ३३७ र काँग्रेसका हरेन्द्र विष्टले ३ हजार १ सय ३१ मत प्राप्त गरका छन् ।

ताजा समाचार