Thursday, June 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा ७४ को चुनावलाई उल्ट्याउदै कांग्रेस

बेलडाँडीमा ७४ को चुनावलाई उल्ट्याउदै कांग्रेस

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा ७४ को निर्वाचनलाई उल्ट्याएर ७९ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस सफल हुन गइराखेको छ ।
बेलडाँडी गाउँपालिकामा २०७४ को निर्वाचनमा बेलडाँडीका ५ वडा मध्ये १ वडा मात्र कांग्रेसले हात पारेको थियो भने अन्य सबै वडा गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत पुरै टिम एमालेको थियो । भने २०७९ को निर्वाचनले ४ वटा वडामा कांग्रेस जित्ने निश्चित भएको हो ।

बेलडाँडी १,३,५ नं. वडामा कांग्रेसले विजयी हासिल गरिसकेको छ भने २ नं. वडामा १८८० मत गणना हुदा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार विष्णुराम उपाध्यायलाई पछ्यार्दै ३८९ मतले नेपाली कांग्रेसका नारद उर्यालले अग्रता कायमै गरेका छन् । ९१२ मत गणना हुन बाकी छ । यस्तै गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अक्कल बहादुर बिष्टलाई १६३० मतान्त्ररले पछ्याउदै नेपाली कांग्रेसका हरिचन्द्र राना विजयी हुने निश्चित देखिन्छ ।

ताजा समाचार