Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीलालझाडीमा माओवादीको किल्ला भत्काउदै एमालेका राना निर्वाचित

लालझाडीमा माओवादीको किल्ला भत्काउदै एमालेका राना निर्वाचित

बेलडाँडी,
कञ्चनपुरको लालझाडी गाउँपालिका माओवादीको किल्ला भत्काउदै अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदनसेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो । राप्रपाका जय बहादुर बिष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् ।

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सपना चौधरी राना निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले बताउनु

ताजा समाचार