Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरको पालिका प्रमुखमा एमालेको खाता खोल्ने तयारी, लालझाडी अध्यक्षमा राना निर्वाचित हुने...

कञ्चनपुरको पालिका प्रमुखमा एमालेको खाता खोल्ने तयारी, लालझाडी अध्यक्षमा राना निर्वाचित हुने पक्का

बेलडाँडी,
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका मदनसेन बडायकले २ हजार १९५ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ३१ मत ल्याएका छन् । ६ वडा रहेको लालझाडीमा अहिले वडा नम्बर १ को मत गणना जारी रहेको छ । १ हजार ९७९ मत गन्दा पालिका अध्यक्षमा एमालेका रानाले ८ सय ४६ मत प्राप्त गरेका छन् । माओवादीका बडायकले ५ सय ४३ र कांग्रेसका श्रीकृष्णले ३ सय ५९ मत ल्याएका छन् ।

वडा नम्बर १ मा २ हजार ३ सय ९४ मत खसेको थियो । यहाँ अब ४ सय १५ मत मात्रै गन्न बाँकी छ । तर पालिका अध्यक्षमा एमालेका रानाको माओवादीका बडायकसंग १ हजार ६२१ को अन्तराल छ ।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले केही बेरमा पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

ताजा समाचार