Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी ३ मा कांग्रेसको विरासत कायमै

बेलडाँडी ३ मा कांग्रेसको विरासत कायमै

बेलडाँडी: नेपाली कांग्रेस बेलडाँडी गाउँपालिका वडा नं. ३ मा निरन्तर कांग्रेसको विरासत कायमै राखेको छ ।

बि.सं २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको उम्मेदवारी अहिले ०७९ मा पनि नेपाली कांग्रेसले नै वडा नम्बर ३ मा वडा अध्यक्षमा जितेको छ। । ०७४ मा वडाध्यक्ष जितेका दुर्गा प्रसाद चौधरी पुन वडाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको वडामा पुरै प्यानलनै विजयीभ भएको छ ।

एमालेका गणेश बहादुर बिष्ट लाई १ सय ९७ को मत अन्तरले हराउँदै अध्यक्षमा पुन निर्वाचित भएका हुन।
चौधरीले ९ सय ३९ र प्रतिद्वन्दी बिष्टले ७ सय ४२ मत ल्याएका छन । उक्त वडामा जम्मा २०७५ मत खसेको थिए।

बेलडाँडी गाउँपालिका अन्तर्गत रहेका ५ वटा वडा मध्य ४ वडाको मत परिणाम सार्वजनिक भैसकेको छ। जसमा वडा नम्बर-१ मा वडा अध्यक्ष नेपालि काँग्रेसका गज ब.विष्ट सहित पुरै प्यानल विजयी भएको छ।

यसैगरी वडा नम्बर-४ वडा अध्यक्षमा एमालेका वीर बहादुर खडका सहित पुरै प्यानलनै विजयी भएको छ। भने वडा नम्बर- ५ को वडा अध्यक्षमा पनि नेपाली काँग्रेसका ईन्द्र ब.खडका सहित पुरै प्यानल विजयी भएको छ।

ताजा समाचार