Thursday, September 29, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकामा टोटल ६६.७५ प्रतिशत मत खस्यो

बेलडाँडी गाउँपालिकामा टोटल ६६.७५ प्रतिशत मत खस्यो

बेलडाँडी,
नयाँ जनप्रतिनिधि छनाैटका लागि बेलडाँडीमा भएको स्थानीय तहको निर्वाचनमा ६६.७५ प्रतिशत मत खसेको छ ।

जम्मा १४ हजार ७ सय ३७ मतदाता मध्ये ९ हजार ८सय ३७ मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालय बेलडाँडीले जनाएकाे छ ।

खसेका मत मध्ये पुरूषकाे जम्मा संख्या ४ हजार २ सय ९३ र महिलाकाे संख्या ५हजार ५ सय ४४ रहेकाे बेलडाँडी निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनु भयाे ।

उहाँका  अनुसार अहिले ५ वटै वडाका ८ वटा स्थल र १८ वटा केन्द्रका सबै मत पेटिका मतगणना स्थलमा ल्याईएकाे बताए । अहिले मत पेटिका बुझ्ने काम भईरहकाे छ, उनेले भने ” केही बेरमा सर्वदलिय बैठक बसि मत गणनाकाे बारे छलफल गरिने र सकभर  आज ११ बजेबाट मतगणा कार्य शुरू हुने बताए।”

बेलडाँडीमा २७ पदका लागि १ सय १९ जना उम्मेदवार निर्वाचनमा हुमिएका थिए ।

 

ताजा समाचार