Thursday, September 29, 2022
गृहपृष्ठमुख्य समाचारबेलडाँडीको खैरीघाटबाट १०५ वर्षकी वृद्धाले गरिन् मतदान

बेलडाँडीको खैरीघाटबाट १०५ वर्षकी वृद्धाले गरिन् मतदान

बेलडाँडी वडा नं.३ खैरीघाटबाट १ सय ५ वर्षकी एक वृद्धाले मतदान गरेकी छिन्। बेलडाँडी गाँउपालिका–३ खैरीघाटको सिद्धनाथ मावि मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्ध लालमती सिंहले मतदान गरेकी हुन्।

सिद्धनाथ मावि (ख) मतदान केन्द्रबाट अधिकृत विष्ना चौधरीले १०५ वर्षकी वृद्धाले पहिलो मतदान गरेको बताइन्। यहाँ बिहान ७ः१० तिर आउनुभएको थियो, ‘उनले भने, ‘जेष्ठ नागरिक भएकाले पहिलो प्राथमिकतामा मतदानको व्यवस्था मिलाइएको थियो।’ सिंह खैरीघाटको बाग टोलमा बस्दै आएकी छिन्।

जीवनको उत्तरार्धमा सिंहले मतदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्। बेलडाँडीमा १४ हजार ७३७ मतदाता रहेका छन्।

ताजा समाचार