कञ्चनपुरको बेलडाँडी गाँउपालिका सबै मतदान केन्द्रमा साैहार्द पुर्ण वातावरणमा मतदान हुदै छ । बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले निर्धारित समयमै मतदान शुरु भएको बताए । उनका अनुसार पाँचै वडामा रहेका मतदान स्थलमा एक साथ मतदान शुरु भएको छ ।
१४ हजार ७ सय ३७मतदाता रहेको बेलडाँडीमा २७ पदका लागि १सय १९ जना चुनावी मैदानमा उत्रिएका छन ।
नयाँ संविधान जारी भएसंगै ०७४मा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । त्यसपछि ०७९मा दोस्रो पटक स्थानीय तहको निर्वाचन शुरु भएको छ ।
पाँच बर्षपछि जनताले आफ्ना स्थानीय जनप्रतिनिधी छान्नका लागि आज(शुक्रबार) मतदान गरिरहेका छन ।
१ सय ३२ निर्वाचन स्थल रहेको कञ्चनपुरमा ३ सय ४१ मतदान केन्द्रमै मतदान भईरहेको छ । कञ्चनपुरमा ४सय ७८ पदका लागि २ हजार १ सय ४१उम्मेदवार चुनावजी मैदानमा उत्रिएका छन । विभिन्न राजनीतिक दल एव स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन ।
१ लाख ५२ हजार १ सय १२ महिला र १ लाख ४३ हजार २ सय ४१ पुरुष गरी कुल २ लाख, ९५ हजार ३ सय ५४ मतदाता रहेको बुझिन्छ । महिला पुरुष, तथा अपाङ्ग, जेष्ठ नागगरिकका लागि छुट्टाछुट्टै मतदानका लागि व्यवस्थापन गरिएको छ । उल्लासका साथ बिहानैदेखि मतदाता लाईनमा लामबद्ध भएका छन । मतदाता नयाँ जनप्रतिनिधी छान्न उल्लास भएका छन ।