बेलडाँडी,
आसन्न ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बेलडाँडीको आयोजनामा बृहत चुनावी जनसभा हुने भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को अन्तिम जनसभा हुने भएको बेलडाँडी एमालेले जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार भोली २७ गते राती १२ बजे पछि कुनै पनि चुनवी प्रचार प्रसार नर्गन पाउने भएकाले एमालेले भोली दिउसो नै र्यालीका साथ जनसभा गर्ने भएको छ ।
बेलडाँडी गाउँपालिकाको चवन्नी बजार पछाडीको खुल्ला मञ्चबाट चुनवाी र्याली निकाली फेरी मञ्चमै समापन गर्ने तालिका रहेको एमाले बेलडाँडीले जनाएको छ । कार्यक्रमलाई सभ्यभव्य बनाउन सबैलाई नेता कार्यकर्ताहरु खटिएका छन् । अक्कल बहादुर बिष्ट नेतृत्वलाई जिताउनका लागि सबै पक्षसंग भोट माग्दै चुनावी जनसभा सम्पन्न गरिने छ । उक्त जनसभामा उम्मेदवारहरुले जनतामाझ घोषण पत्र अनुसार बेलडाँडीको पक्षमा काम गर्ने प्रतिवद्धता समेत गर्नेछन् ।