Tuesday, May 17, 2022
गृहपृष्ठजिवनशैलीकहिले समाजवादी कहिले एमाले र कहिलै स्वतन्त्र बनेका बेलडाँडी वडा नं.२ अध्यक्ष...

कहिले समाजवादी कहिले एमाले र कहिलै स्वतन्त्र बनेका बेलडाँडी वडा नं.२ अध्यक्ष पदका उम्मेदवार धामीको कांग्रेस उम्मेदवारलाई समर्थन

बेलडाँडी,
आसन्न ३० गते हुन हुने स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँ पालिका वडा नं.२ अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका विभिन्न पार्टी छोड्दै स्वतन्त्र उम्मेदवार हुँ भन्दै चुनाव लड्न तम्सिएका युवा नेता दिपेन्द्र सिह धामीले आफुले आफ्नो उम्मेदवारी रहेता पनि मौन रहने र नेपाली कांग्रेसका उम्मेदवार नारद उर्याललाई सहयोग गर्ने विज्ञप्ती जारी गरेका छन् ।

धामीले वडावासीहरुलाई सम्वोधन गर्दै भनेका छन् आदरणीय बेलडाँडी गाउँपालिका वडा नं.२ का वडावासीहरुलाई मेरो हार्दिक नमस्कार यही मिति २०७९ बैशाख ३० गते हुनगइरहेको स्थानीय निर्वाचनमा म दिपेन्द्र सिह धामी वडा नं.२ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार उठेको थिए तर नेपालको राजनितिक संस्कार अनुरुप पार्टी नै सवल प्रवल रहने हुदा म वडा नं.२ को स्वतन्त्र उम्मेदवारको सहयोग समर्थन नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नारद उर्याल ज्यूलाई दिएको जानकारी गराउदै म स्वतन्त्र व्याक्तिनै रही आफ्ना अग्रज प्रतिको सम्मानलाई नै सधै आर्शिवादमा लिनेछु । भ्रष्टहरुको हात होइन सवल प्रवलको लागि म मौन रहेको जानकारी गराउद छु । दिपेन्द्र सिह धामी स्वतन्त्र उम्मेदवार वडा नं.२ बेलडाँडी भनेर लेख्नु भएको छ ।

ताजा समाचार