Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकानुन दिवस र महत्वबारे छलफल

कानुन दिवस र महत्वबारे छलफल

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगरमा कानुन दिवस मनाईएको छ । कानुन दिवसको अवसर पारेर सोमबार भीमदत्त नगरपालिका सभा हल महेन्द्रनगरमा छलफल गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका डीन कर्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्तममा उच्च अदालत दिपायल ईजलासका न्यायाधीश राजेन्द्र सुवेदीको प्रमुख आथित्यमा कार्यक्तम भएको थियो । सुप विश्वविद्यालयका उपकुलपति डा. अमराज जोशी उच्चका न्यायाधीश कृष्णलाल भट्टराई, जिल्ला न्यायाधीश मदन बहादुर धामी बिशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रमको संचालन उच्च अदालत बार एसोसिएनका अध्यक्ष यज्ञराज जोशीले गरेका थिए । कार्यक्रममा अदालतका न्यायाधीश,प्राध्यापक, कानुन व्यवसायी एव विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार