Wednesday, August 10, 2022
गृहपृष्ठसमाचारबेलडाँडीमा चुनावी सरगर्मी, को बन्न सक्ला बेलडाँडी लिडर ?

बेलडाँडीमा चुनावी सरगर्मी, को बन्न सक्ला बेलडाँडी लिडर ?

बेलडाँडीमा चुनावी सरगर्मी, को बन्न सक्ला बेलडाँडी लिडर
कञ्चनपुर,
स्थानीय तहको निर्वाचन नजिक आउंदै गर्दा कञ्चनपुरको बेलडाँडीमा चुनावी सरगर्मी बढेको छ ।
कञ्चनपुरमा ९ वटा स्थानीय तह छन् । यहा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नभएपनि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भने केही स्थानीय तहमा गठबन्धन बनेको छ ।

कञ्चनपुरका सबै स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा समेत एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा छ । तर, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने गरी जुटेका छन् । बेलडाँडीमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार उठाएको छ भने समाजवादीका उम्मेदवार वडामा मात्र सिमित छन् ।

बेलडाँडीमा एमालेबाट अक्कल बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रबाट ईश्वरी भट्ट, नेपाली कांग्रेसबाट हरिशचन्द्र राना, राप्रपाबाट प्रेमसिह साउद र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाह चुनावी मैदानमा छन् ।

विष्ट, भट्ट,साउद र राना चारै जना पहिलो पटक चुनावमा उत्रिएका हुन् । उनिहरुमध्ये विष्ट र भट्ट एमाले र माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य हुन् भने राना कांग्रेसको जिल्ला उपसभापति हुन् । स्वतन्त्रमा उठेका शाह यसअघि माओवादी केन्द्रबाट वडानम्बर १ बाट अध्यक्षका उम्मेदवार भएर पराजित भएका थिए । उनले ४ सय ८६ मत पाएर दोस्रो भएका थिए । शाह हाल स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

बेलडाँडी गाउँपालिकामा यसअघि अध्यक्ष र उपाध्यक्षसहित चार वडा एमालेले जितेको थियो भने एक वडा मात्र कांग्रेसले जितेको थियो । यहां एमाले विभाजनको असर समेत शुन्य छ । तर, माओवादी केन्द्रबाट भने अधिकांश नेता कार्यकर्ता नेकपा विभाजनसंगै एमालेमै बसेका छन् । यसको समेत एमालेलाई लाभ हुने देखिन्छ ।

एमालेबाट निर्वाचित धनबहादुर थापाले ३२१५, दोस्रो भएका नेपाली कांग्रेसका चन्द्रबहादुर सिंहले २५९६,माओवादी केन्द्रका भुवन एसकेले ८३३ र अन्तिम रहेका राजबहादुर चौधरीले ५७४ मत पाएका थिए । चौधरी अहिले एमालेमा प्रवेश गरेका छन् । त्यसैले यो मतले एमालेलाई बेलडाँडीमा बलियो बनाएको छ ।

बेलडाँडीमा अहिले १४ हजार ७ सय ३७ मतदाता छन् । यसअघि ११ हजार ७ सय ५९ मत थियो भने ७ हजार ३ सय ८४ मत सदर भएको थियो । अहिले बेलडाँडीमा मुख्यगरी विष्ट, राना र भट्टबीच नै प्रतिस्पर्धा देखिन्छ । माओवादीबाट उम्मेद्धवार रहेका भट्ट यसअघि कांग्रेस पृष्ठभुमिकै हुन् । उनले कांग्रेसकै मत काट्ने सम्भावना छ ।

भट्ट समेत मतदाता रहेको दुई नम्बर वडामा निर्णायक ४ हजार ३ सय ८३ मत छ । त्यसमा उनले अरु उम्मेदवारभन्दा बढीमत पाउने सम्भावना छ । यदी उनले एकलौटी आधा मत पाए उनले समेत जित्ने सम्भावना छ । तर, सांगठनिक मत कमजोर भएकाले उनले जित्नेमा सम्भावना कम रहेको आंकलन गर्न थालिएको छ ।

त्यसमाथि स्वतन्त्र उम्मेदवार रहेका शाहले समेत कांग्रेस र माओवादीकै मत काट्ने सम्भावना छ । उनले पनि ४ सय मतभन्दा बढी ल्याउन सक्ने आंकलन छ । त्यसो गर्दा एमालेका उम्मेदवारलाई फाइदा पुगेपनि एमालेभित्रको कलह व्यवस्थापन विष्टकै लागि मुख्य चुनौतिका रुपमा छ । बेलडाँडीमा कांग्रेस र माओवादीभित्र पनि ठुलो विवाद छ । एमालेमा अध्यक्षका प्रतिस्पर्धी रहेका गणेश उपाध्यक्ष भने विष्टलाई जिताउन कम्मर कसेर लागेका छन् ।

ताजा समाचार