Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीढुक्क साथ एमालेलाई भोट दिनुस् पुरै बेलडाँडी बनाउने जिम्मा हामी लिन्छौंः एमाले...

ढुक्क साथ एमालेलाई भोट दिनुस् पुरै बेलडाँडी बनाउने जिम्मा हामी लिन्छौंः एमाले बेलडाँडी इन्चार्ज उपाध्याय

बेलडाँडी,
आसन्न ३० गते हुने स्थानीय तहको निर्वाचनमा ढक्क भएर सुर्य चिन्हमा भोट गर्नुस राम्रो र भ्रष्टचार रहित बेलडाँडी बनाउने जिम्मा हामी लिन्छौं बेलडाँडीका इन्चार्ज तथा नेकपा एमाले सचिवालय सदस्य गणेश प्रसाद उपाध्यायले प्रतिवद्धता गर्दै अक्कल बहादुर बिष्टको नेतृत्वको एमाले उम्मेदवारहरुका लागि भोट मागिरहेका छन् ।


एमाले बेलडाँडी इन्चार्जको काँधमा पुरै पार्टीलाई जिताउने जिम्मा रहेको जनाउदै बेलडाँडीलाई समृद्ध बेलडाँडीको बाटोलमा डोर्याउन एमाले बाहेक अन्यले नसक्ने ठोकुवा गर्दै घरदैलोमा जोडदिदै गरेको इन्चार्ज उपाध्यायले बताए ।

बेलडाँडी गाउँपालिका अध्यक्षका उम्मेदवार अक्कल बहादुर बिष्ट लगायतको पुरै प्यानल जित्नु भनेको बेलडाँडीका जनता जित्नु हो । उनले भने कांग्रेसले चुनाव जित्नु भनेको बेलौरीबाट रिमोर्ट कन्ट्रोल हुनु हो जो की ती व्याक्तिहरुले बेलडाँडीलाई बेलौरीमा गाभेर सक्न खोजेकै व्याक्ति यहाँ हावी हुन खोजिरहेको जनाउदै सबैले सचेत हुनुपर्नेमा जोड दिए । बेलडाँडीलाई २ वडामा सिमित गर्न खोजेका ति नेताले नै कांग्रेस भित्रको रुल तोडेर टिकेट दिएको स्मरण गराउदै बेलडाँडीको पक्षमा नरहेको स्पष्ट भएको जनाए ।


हाम्रो पार्टीमा रुल छ सिस्टम छ जसले पनि पार्टी भन्दा बाहिर गएर चल्छ भने त्यस्ता जो कोहीलाई कारवाही गरिने समेत वहाँले बताए ।

एमालेबाट गाउँपालिका अध्यक्ष पदका लागि अक्कल बहादुर बिष्ट, उपाध्यक्ष फुलदेवी राना, वडा नं.१ अध्यक्षका उम्मेदवार शंकर दत्त भट्ट, २ का प्रेमराज खाती, ३ का गणेश बहादुरु बिष्ट, ४ का विर बहादुर खडका र ५ का भीम बहादुर खडकाको पुरै प्यानलाई बिजयी गराइदिन आग्रह गरेका छन् ।

ताजा समाचार