Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैली०५४ मा निर्वाचित काँग्रेस नेतृ बसन्ती भीनपा २ वडा सदस्यको दौडमा

०५४ मा निर्वाचित काँग्रेस नेतृ बसन्ती भीनपा २ वडा सदस्यको दौडमा

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ बसन्ती जोशी भीमदत्त नगरपालिका २ बाट महिला सदस्यको दौडमा छिन । काँग्रेसले उनलाई यस पटक वडा सदस्यमा टिकट दिएको हो । यस अघि ०५४ मा पनि स्थानीय निकायको चुनावमा बसन्ती भीनपा २ बाट निर्वाचित भएकी थिईन । ०५७ सालमा महिला जागृत आयआर्जनको काम गरेर चर्चा कमाएकी बसन्तीले दोस्रो पटक जनप्रतिनिधीको यात्रा तय गरेकी हुन । बसन्तीले वडा सदस्यमा निर्वाचित भएसंगै वडाको विकासका साथै महिला हिन्सा न्यूनिकरण गर्ने योजना अघि सारेकी छिन । ‘गाँउमा रहेका हिन्सा पीडित, विपन्न एव आम महिलाको बृद्धि विकासका लागि काम गर्छु, ‘उनले भनिन, ‘मेरो जिवन समाजिक काममा लगाउँछु ।’ बसन्ती सहित काँग्रेस वडाका उम्मेदवार चुनावी एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेका छन ।

ताजा समाचार