Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबागफाँटामा माओवादी एमालेका कार्यकर्ता विच विवाद

बागफाँटामा माओवादी एमालेका कार्यकर्ता विच विवाद

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बाँगफाँटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच विवाद उत्पन्न भएको छ । बुधबार माओवादी केन्द्रको ¥यालीमा नजिकै एमाले कार्यकर्ताले माईकिङ्ग गर्न थालेपछि विवाद उत्पन्न भएको हो । माओवादी केन्द्रका उम्मेदवार सहितको ¥यालीमै आए एमाले कार्यकर्ता अन्जु कार्कीले माईकिङ्ग गरेपछि विवाद भएको छ । हाम्रो ¥यालीमा जिस्क्याउने हिसाबले माईकिङ्ग गर्ने भन्दै माओवादी नेता कार्यकर्ताले माईकिङ्ग नगर्न आग्रह गर्दा गर्र्दै नमानेपछि विवाद भएको छ । माओवादी केन्द्रकी उम्मेदवार समेत रहेकी भागरथी कुँवरमाथि एमाले कार्यकर्ता मन्जु कार्कीले हातपात गरेको भन्दै उजुरी दिएका छन । कार्कीले पनि आफुमाथि हातपात भएको भन्दै उजुरी दिएको एमाले वडाध्यक्षका उम्मेदवार सायब रानाले बताए ।
माओवादीले आफुहरुको विशाल ¥याली देखेर एमाले नेता कार्यकर्ता लत्तालिदै जिस्क्याउने हिसाबले गैर राजनीतिक रुपमा निहु खोजेको बताएका छन । भने एमालेका नेता कार्यकर्ताहरुले माओवादीको ¥याली देखेर माईक बन्द गरेको दावि गरिरहेका छन । दुवै पक्षले आफुमाथि कुटपिट गरेको भन्दै उजुरीमा उत्रिएका छन ।

ताजा समाचार