Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसन्दीप आफु एमालेबाट, जेठी श्रीमती काँग्रेसबाट चुनाव भिड्दै, गृहस्थीमा व्यस्थ कान्छी श्रीमती...

सन्दीप आफु एमालेबाट, जेठी श्रीमती काँग्रेसबाट चुनाव भिड्दै, गृहस्थीमा व्यस्थ कान्छी श्रीमती तथष्ट

कञ्चनपुर,
स्थानीय तहको चुनाव कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ । एक दाम्पती नै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन । श्रीमान–श्रीमती नै फरक फरक पाटीबाट चुनावी मैदानमा उत्रिएका हुन ।
दोधाराचाँदनी नगरपालिका ७ नम्बर वडामा श्रीमती काँग्रेस र श्रीमान एमालेबाट वडा सदस्य पदको दौडमा छन ।
काँग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दिप उपाध्याय वडा सदस्य पदमा भिडिरहेका छन । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन ।
फरक पाटी भएपनि एक आपसमा सौहार्दतापुर्व तरिकाले उपाध्याय दाम्पती चुनावमा होमिएका छन । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर रातीमात्रै घरमा आईपुग्छन । काँग्रेसबाट वडा सदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान श्रीमती गेट बाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताईन । सन्दीय आफु एमालेमा बाट, जेठी श्रीमती काँग्रेसबाट चुनावमा होमिएकी छिन । भने कान्छी श्रीमती घर गृहस्थीमा व्यस्थ हुन्छन । उनी तथष्ट हुँदै दुवैलाई घरमा सघाईरहेको कमलाले बताईन ।
‘हामी दुवै जना बिहानै घरबाट आ–आफ्नो पार्टीको चुनावमा होमिन्छौँ, ‘कमलाले भनिन, ‘म मेरो पार्टी काँग्रेस, श्रीमान उनको पार्टी एमाले र कान्छी सौताले घर गृहस्थी धान्दै आएकी छिन ।’ सन्दीपकी कान्छी श्रीमती भाना उपाध्यायको साथ घरमा दुवैलाई भएपनि राजनीतिमा तथष्ट रहेको छ । सन्दीपकी कान्छी श्रीमतीले महिलाको साथ देलानकी श्रीमानलाई भन्ने कौतुलता जगाएको छ । सन्दीपकी जेठी श्रीमतीले कान्छी भाना तथष्ट रहेको दावि गरिन । कतिपयले एमाले नेता सन्दीप बहुविवाह गरेर चारैतिर राजनीतिमा कब्जा गरेको टिप्पणी गरिरहेका छन । भने कतिपयले सन्दीप भाग्यमानी नेताका रुपमा हेरेका छन । जेठी श्रीमती काँग्रेसतिर नेता बन्दै कान्छीले घर सम्हाल्दै आफु एमालेमा चुनाव जित्दै चौतर्फि हातमा लड्डु लिदै भनेर ब्याख्या गरिरहेका छन । झण्डै डेढ दशकदेखि राजनीतिमा होमिएका सन्दीपले श्रीमतीले श्रीमानको भने अनुरुप नमान्दाको परिमाण भएको बताउँछन । ‘मैले सात छाप सात सुर्य नीति अुनरुप जनतासंग मत मागिरहेको छु, ‘उनले भने, ‘श्रीमती आफ्नो हिसाबले चुनावमा खटिएकी छिन ।’ आफुले जिते भेदभाव बिना जनताको सेवक भएर काम गर्ने सन्दीपको चाहना छ ।

ताजा समाचार