बेलडाँडी,
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बेलडाँडी नेकपा एमालेमा जनलहर बढ्दै गएको छ ।
बेलडाँडीका युवा नेता अक्कल बहादुर बिष्टको नेतृत्वमा एमालेबाटका उम्मेदवारहरु चुनावमा सहभागि हुने भएपछि चुनावी माहोल तात्दै जानुका साथै दिनप्रतिदिन जनलहर बढ्दै गएको बेलडाँडी एमालेले जनाएको छ ।

घरदैलो कार्यक्रममा स्वस्फुर्त जनताहरु हाम्रा एजेण्डाहरु प्रति आक्रसित र विश्वासिलो पार्टी भएकाले जनलहर बढ्न लागेको बताए । नेकपा एमालेबाट उठेका सबै उम्मेदवारहरु भोट गर्नका लागि जनता आतुर भएको जनाउदै सात सुर्य सात छापको नारा समेत लगाइरहेका छन् ।
