Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीराप्रपा बेलडाँडीका उम्मेदवारको बैजनाथ मन्दिरमा सपथ, 'भ्रष्टाचार गरेर खानु आमाको रगत खानु...

राप्रपा बेलडाँडीका उम्मेदवारको बैजनाथ मन्दिरमा सपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’

बेलडाँडी,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) बेलडाँडी गाउँपालिकाका उम्मेदवारहरुले मन्दिरमा गएर सपथ लिएका छन्।

बेलडाँडी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम सिह साउँद, उपाध्यक्षका उम्मेदवार बसन्ती चौधरीसहित ५ वटै वडाका उम्मेदवारलाई बेलडाँडी–२ स्थित सिद्धनाथ बैजनाथको मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलडाँडी इन्चार्ज प्रकाश मालीले सपथ ग्रहण गराएका थिए। अध्यक्षका उम्मेदवार साउँदले बेलडाँडीको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए। उपाध्यक्षकी उम्मेदवार चौधरीले आफुहरुको टिमले जिते मुहार फेरिने दाबी गरिन्।

यस्तै वडा नं.२ का अध्यक्ष पदका उम्मेदवार गम्भिर सिंह बोहराले भने पहिलो कपद भ्रष्ट्रचारको विरुद्धमा हुने जनाउदै आफुलाई अध्यक्षमा विजयी गराए राज्यबाट दिइने कुनै सुविधा प्रयोग नगर्ने घोषणा गर्दै उक्त हुन आउने रकम विपन्न समुदायमा लगाउने जनाए ।

ताजा समाचार