कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका १० मा बाम प्रगतिशिल गठबन्धनका उम्मेदवारले घरदैलो अभियान शुरु गरेका छन । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बेदकोट १० मा बाम प्रगतिशिल गठबन्धनका उम्मेदवारले घरदैलो अभियान शुरु गरेका हुन ।
नेकपा माओवादी केन्द्र बेदकोट नगर १० का वडाध्यक्ष सागर सुनारले चुनावी एजेण्डा लिएर बामका उम्मेदवार घरदैलोमा जुटेको बताए । ‘हाम्रा संयुक्त उम्मेदवार चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन, ‘उनले भने, ‘उत्साहजनक सहभागिता र जनताको साथ सर्मथन पाईएको छ ।’ बेदकोट १०मा माओवादी र एमालेका संयुक्त उम्मेदवार रहेका छन । रतन सिह विष्ट नेतृत्वमा बामका उम्मेदवार चुनावी मैदानमा उत्रिएर जनताको समस्या समाधान गर्दै वडालाई सम्बृद्धि बनाउने बाचा सहित मत मागिरहेका छन ।

