Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा दश निवेदनमा तीन उम्मेदवारको मात्र उम्मेदवारी फिर्ता

बेलडाँडीमा दश निवेदनमा तीन उम्मेदवारको मात्र उम्मेदवारी फिर्ता

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा स्थानीइ तह निर्वाचनका लागि जम्मा १२२ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये आज उम्मेदवारी फिर्ताका लागि १० उम्मेदवारको निवेदन बेलडाँडी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

बेलडाँडी निर्वाचन अधिकृतको कार्यालयले तीन जना स्वतन्त्र उम्मेदवारको नाम मात्र खारेज गरेको छ ।

पार्टीको टिकट ल्याएर उम्मेदवार बनेकाहरुको हकमा पार्टीले नै उम्मेदवारी फिर्ताका लागि निवेदन दिनुपर्ने निर्देशिका अनुसार अन्य उम्मेदवारको उम्मेदारी फिर्ता नभएको बेलडाँडी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फिर्ता हुनेमा वडा नं.४ बाट अध्यक्ष पदका उम्मेदवार कृष्ण लाल चौधरी, वडा नं.१ बाट अध्यक्ष पदका उम्मेदवार मिन बहादुर शाह र वडा नं.५बाट वडा सदस्यका उम्मेदवार कर्ण सिह मडैको मात्र उम्मेदवारी फिर्ता भएको छ ।
अव बेलडाँडीमा २७ पदका लागि ११९ जना भिड्ने छन् ।   

ताजा समाचार