Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटलाई नमुना नगरपालिका बनाउँछु ः मेयरका उम्मेदवार रेग्मी

बेदकोटलाई नमुना नगरपालिका बनाउँछु ः मेयरका उम्मेदवार रेग्मी

कञ्चनपुर,
आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रविच बाम प्रगतिशिल गठबन्धन भएर दुवै पाटीका साझा उम्मेदवार चुनावी मैदानमा खटिएका छन ।
बेदकोट नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा युवा नेता रामचन्द्र रेग्मी र उप मेयरमा नेकपा माओवादी केन्द्रकी नेतृ हिरा जैसी(सीमा) सहित १०वटै वडामा वडाअध्यक्ष सहित सदस्य संयुक्त रुपमा चुनावी मैदानमा खटिएका छन ।
माओवादी–समाजवादीका बाम प्रगतिशिल गठबन्धनका उम्मेदवार आफ्नो एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन । बाम प्रगतिशिल गठबन्धनका तर्फबाट बेदकोट नगरका मेयर रामचन्द्र रेग्मी जिल्लाकै राजनीतिक सकृय युवाका रुपमा परिचित छन । बेदकोट नगरपालिका १ चम्पापुर निवासी रेग्मी झण्डै अढाई दशकदेखि राजनीतिमा होमिएका छन ।
०५५ सालमा दैजी स्थित शारदा मावि अध्ययन गर्दा विद्यार्थी राजनीतिमा होमिएका रेग्मीले तत्तकालिन एमाले विद्यार्थीबाट राजनीतिक यात्रा शुरु गरेका थिए । शारदा माविमा एसएलसी अध्ययन सकेर उच्च शिक्षाका लागि सिद्धनाथ बहुमुखी क्याम्पसमा आएका थिए । स्नातक गरेका रेग्मीलाई ०५७सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता पाईएको छ ।
तत्तकालिन नेकपा एमाले दैजी गाविस सदस्य दुँदै दुई पटक दैजी गाविस अध्यक्ष भएर पार्टीको नेतृत्व सम्हालीसकेका छन ।
०७५ सालमा एमाले जिल्ला सदस्य हुँदै ०७८ मा सचिवालय सदस्य भएका थिए । एमालेबाट बिद्रोह गरेर रेग्मी सहित ७ सय संगठित सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएका थिए । रेग्मीले युवा सगंठनको केन्द्रीय तहको जिम्मेबारी समेत सम्हालीसकेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रहेका रेग्मी हाल नेकपा एकीकृकत समाजवादी कञ्चनपुरको सचिवालय सदस्य हुन । राजनीतिक रुपमा परिचित रेग्मी समाजिक क्षेत्रमा समेत उत्तिकै परिचित र योगदान पु¥याएका छन । रेग्मी कञ्चनपुर होटल व्यवसायी संघ र बेदकोट उद्योग वाणिज्य संघको महासचिव समेत हुन । उनले बेदकोट सहित कञ्चनपुरको पर्यापर्यटन, धार्मिक, साँस्कृतिक एव औद्योगिक बृद्धि विकासका लागि योगदान पु¥याएका छन ।
०७५ सालमा तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्ड बिरुद्धमा सशक्त आन्दोलनका लागि युवाको नेतृत्व लिएका थिए । रेग्मीले सरकारी सम्पत्ती कौडीको भाउमा बिक्रि वितरण गरेर सरकारी जमिन दोहन गर्नेमाथि कार्बाहीको माग अघि सारेर आन्दोलन चलाएका थिए । उतिबेला स्थानीय स्तरबाट युवा विद्यार्थीको आन्दोलनका उपज आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सयौँ व्यक्तिका नाममा मुद्दा चलाएको छ ।
नगर विकास समितिमा भएको अनियमितता बिरुद्धमा शसक्त भएर संघर्ष गरेका रेग्मीले आफुहरुको आन्दोलनको उपलब्धी अहिले अख्तियारले प्रमाणित गरिरहेको बताए । सामुदायिक वन, रेडक्रस, मेलमिलापकर्ताका रुपमा थुप्रै समाजिक क्षेत्रमा काम गरेका रेग्मीले समाजिक क्षेत्रमा उस्तै पनि चर्चा कमाएका छन ।
मेयरका रुपमा अघि सारिएका रेग्मीले बेदकोट नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने घोषणा गरेका छन । उनले तत्तकालिन नगरपालिका अशोक चन्द नेतृत्वले गरेको कामलाई निरन्तरता दिने योजना अघि सारेका छन । ‘हाम्रो नगरपालिकामा रहेका थुप्रै समस्या समाधान भएका छन, ‘उनले भने, ‘बाँकी काम अघि बढाउँछु ।’ आफु बेदकोट उद्योग वाणिज्य संघमा महासचिव हुँदा वा अघि देखि नै छेला औद्योगिक क्षेत्रको विकासका लागि काम गर्दै आएको बताउदै उनले छेला औद्योगिक क्षेत्रलाई अघि बढाएर बेदकोट नगरको बेरोजगारी समस्या समाधान गर्ने बताए । ‘मुक्त कमैया, हलिया, आरक्षपीडित, भूमिहिन सबैको समस्या छ, ‘उनले भने, ‘जमिन भएका तर लालपुर्जा नभएका किसानलाई लालपुर्जा दिने काम अघि बढिरहेको छ, किसानलाई जमिनको स्वामित्व दिलाउँछौँ ।’ नगरका १०वटै वडा जोड्नेका लागि रिङ्गरोड, बेरोजगारी समस्या समाधान गर्न छेला औद्योगिक क्षेत्र निर्माण, शिक्षा, स्वास्थ्यका काम अघि बढाउँदै प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने बताए । नगरपालिका भरी सबै वडामा स्वच्छ खानेपानी, कृषियोग्य खेती संरक्षणका लागि तटबन्ध, जस्ता कामकाज अघि बढाएको बताए । बेदकोट नगरका सबै यथोचित समस्या समाधान गर्दै दिगो रुपमा नगरलाई सम्बृद्धि बनाएर देशकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । सुशासन कायम गर्न संस्थागत भ्रष्टाचार रोक्नेदेखि नगरका जनताले दिएको मत खेर जान नदिने घोषणा गर्नुभयो । ‘म यही गाँउमै बस्छु, बिहान उठने वित्तिकैदेखि रातीसम्म जनतासंगै हुन्छु, ‘उनले भने, ‘मेरो काम जितेपनि यहाका जनताको सेवामा खट्छु ।’

ताजा समाचार