Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमैले चुनाव जिते राज्यबाट पाउने पुरै रकम विपन्नको उत्थानका लागि खर्च गर्छु...

मैले चुनाव जिते राज्यबाट पाउने पुरै रकम विपन्नको उत्थानका लागि खर्च गर्छु ः बेलडाँडी २ वडाध्यक्षका उम्मेदवार धामी

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ का वडाध्यक्षमा उम्मेदवार दिपेन्द्र सिह धामीले आफुले चुनाव जिते राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा गरिब विपन्न परिवारको उत्थानका लागि खर्च गर्ने घोषणा गरेका छन । विशेष गरि आर्थिक रुपमा पछाडी पारिएका गरिब दलित, आदिवासी, जनजाति, एकल महिलाको बृद्धि विकासका लागि काम गर्ने र एक पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन ।
नेकपा एमाले कञ्चनपुरका युवा नेता समेत रहेका धामीले बेलडाँडी गाँउपालिका २बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले वडाको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि योजना अघि सारेका छन । वडालाई नमुना वडा बनाउनका लागि कृषि, शिक्षा, स्वास्थ्य खानेपानी, संचार, भौतिक पुर्वाधार एव बजार व्यवस्थापन गर्ने बताए । निकुञ्जसंगै जोडिएको वडामा वन्यजन्तुबाट पीडित किसानका लागि राहत एव आरक्षपीडितको पुृर्नस्थापना समाजिक सुधारका लागि कार्यक्रम संचालन गर्ने घोषणा गरेका छन । धामीले सुशासन तर्फ भ्रष्टाचार सुन्यमा झार्ने समेत योजना अघि सारेका छन । झण्डै दुई दशकदेखि राजनीतिमा होमिएका धामीले वडाको एकिकृत विकासका लागि आफुले उम्मेदवारी दिएको बताए । पार्टीका केही नेताहरुले जातिय, भेगिय क्षेत्रीय एव चाकडी नगर्दा आफुलाई अहिलेसम्म राम्रो स्थान दिन नसकेको दुखेसो पोखे ।

ताजा समाचार