Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र बेलडाँडीका उम्मेदवार चुनावी मैदानमा

माओवादी केन्द्र बेलडाँडीका उम्मेदवार चुनावी मैदानमा

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र बेलडाँडीका उम्मेदवार चुनावमा होमिएका छन । आफ्ना राजनीतिक एजेण्डा अघि सारेका छन । माओवादी केन्द्रका उम्मेदबार चुनावी मैदानमा होमिएका हुन । माओवादी केन्द्रका तर्फबाट बेलडाँडी गाँउपालिका प्रमुख ईश्वरी दत्त भट्ट, उप प्रमुख कल्पना गिरी सहितका उम्मेदबार चुनावी मैदानमा प्रचारप्रचारमा होमिएका छन ।
नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहले उम्मेदवारले मतदातासंग भोट मागिरहेको बताए । ‘हामी आफ्ना राजनीतिक एजेण्डा अघि सारेर चुनावी अभियानमा होमिएका छौँ, ‘उनले भने, ‘हामी सहित समाजवादीका उम्मेदवार पनि चुनावमा होमिएका छन ।’ माओवादी केन्द्रका उम्मेदवारले माओवादीकै संघर्षबाट आएको परिर्वतनलाई संस्थागत विकास र बेलडाँडीको एकीकृकत विकासका लागि एक पटक माओवादी सहितका गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन दिन आग्रह गर्दै आएका छन ।

ताजा समाचार