Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२को वडाध्यक्ष पदमा युवा नेता उपाध्यायको दौड

बेलडाँडी वडा नं.२को वडाध्यक्ष पदमा युवा नेता उपाध्यायको दौड

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.२को वडाध्यक्षमा युवा नेता बिष्णुराम उपाध्यायले स्वतन्त्र उम्मेदवारी दर्ता गराई चुनावमा होमिएका छन् । नेकपा एमाले गाउँकमिटीमा रहेका उपाध्यायले यस पटक स्वतन्त्र उम्मेदवारी दर्ता गराई भोट माग्न थालेका छन् । उनले भ्रष्टचारका विरुद्धमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

नेकपा एमालेले आफु प्रति अपमान गरेको भन्दै स्वतन्त्र उम्मेदारी दिएका हुन् । उम्मेदवारीको दोस्रो दिन समेत पार्टीले टिकट दिने आशामा बसेका उपाध्यायलाई निराशामा बदलिदिए पछि स्वतन्त्र उम्मेवार बन्न पुगेको वहाँले बताउनु भयो ।

पार्टीले फेरी पुरानै अध्यक्षलाई टिकट दिएको र जनताले तिनलाई पट्टकै नरुचाएकाले आफुलाई आम वडावासीको समर्थन हुदा हुदै पार्टीले आफु प्रति विभेद गरेको जनाए ।

उनले भने मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको छु निर्वाचन आयोगले दिने चुनाव चिन्हको पर्खाइमा छु चिन्ह आउने वित्तिकै आफ्ना मान्छेहरुलाई वडामा भोट माग्नकोलागि परिचालन गर्ने जनाए । ०७४ को चुनावमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका उपाध्यायले झिनो मतले चुनाव हारेका थिए । यस पालि कम्युनिष्ट पार्टी फुटेसंगै विरबहादुर थापा पातलको टिमबाट एमालेमा समाहित भएका उनलाई एमालेले पछिल्लो समयमा अपमान गर्दै आएको उनको बुझाई छ ।

आफु संग जनमत छदाछदै आफुलाई टिकेट नदिएर पुरानै वडाध्यक्षलाई पैसाको बलमा दोहर्याउन खोजेको उहाँको आरोपछ । उनी विकास प्रेमीका साथै युवा, महिला, कृषि, शिक्षा प्रेमी समेत हुन । लामो समय देखि समाजिक कार्यमा सकृय युवा नेता बिष्णु महाकाली सिचाईको ब्लक ७ का अध्यक्ष समेत रहेका थिए । उनले भने वडाध्यक्षमा जिते कृषि, शिक्षा,स्वास्थ्य र पुर्वाधार विकासमा जोड दिने बताए । विकासको नाममा लुट्न पल्केकाहरुको हालिमुहाली भएको र यसलाई अन्त्य गर्ने आफ्नो चाहना रहेको उनको भनाई छ ।

ताजा समाचार