Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीनेकपा एमालेबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिष्ट भन्छन् नमुना गाउँपालिका बनाउने...

नेकपा एमालेबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिष्ट भन्छन् नमुना गाउँपालिका बनाउने अाफ्नो धोकाे

बेलडाँडी,
विद्यार्थी जिवनबाट राजनिति शुरु गरेका युवा नेता अक्कल बहादुर बिष्टले नेकपा एमालेबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य रहेका बिष्ट समाजका हरेका कार्यमा निःस्वार्थ रुपमा काम गर्ने नेता हुन । स्थानीय स्तर देखि केन्द्रीय राजनिति सम्म राम्रो पहुँच भएका उनेले बेलडाँडी बिकासमा ठुलै योगदान गरेका छन् ।

सचिवालय सदस्य समेत रहेका युवा नेता बिष्टले बेलडाँडीलाई नमुना गाउँपालिका बनाउन सक्ने अवधारणाका साथ उम्मेदवारी दिएका हुन् ।

नेकपा एमाले पार्टीमा निकै लामो समय राजनिती गर्नुका साथै समाज सेवामा समेत उनको योगदान रहेको छ । राजनितिक क्षमता भएका बिष्ट भद्र सालिन एवम् मिलनसार स्वभाव भएका उनले बेलडाँडीलाई छुट्टै बेलडाँडी गाउँपालिका बनाउने पहिलो अभियान्ता समेत थिए । बेलाैरीका नेताहरूले बेलडाँडीलाई बेलाैरीमा समाहित गरेर १,२ वडामा खुम्च्याउने सडयन्त्रका विरूद्धमा अावाज उठाई अाज यो छुट्टै गाउँपालिका स्थापना गर्ने योद्धा समेत हुन ।

बेलडाँडीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योग, कृषि र पर्यटन प्रवर्द्धन लाई माथी उकासी बेरोजगारको अन्त्य गर्ने काम गर्ने बताउनु भएको छ । उनले भने “यस पालिका भित्र रहेको मुख्य समस्या युवा वेरोजगारको अन्त्य गरी युवा स्वरोजगारका कार्यक्रम लागू गर्ने बताउदै सबै पक्षलाई समेटेर नमुना गाउँपालिकाको अवधारणा ल्याउने बताए ।”

बिष्टले भने पार्टीले अाफुलाई बिश्वासका साथ दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै अाफुहरूको टिमलाई बिश्वासका साथ मतदान गर्न अनुरोध समेत गरे ।

उनको टिम यस्तो छ अध्यक्षमा अक्कल बहादुर बिष्ट,उपाध्यक्ष फुल कुमारी राना, वडा नं.१- शंकर दत्त भट्ट वडा नं.२- प्रेमराज खाती, वडा नं.३- गणेश बहादुर विष्ट, वडा नं. ४- वीर बहादुर खडका र वडा नं.५- भिम बहादुर खडका रहेका छन्।

ताजा समाचार