Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीनेपाली कांग्रेस बेलडाँडी वडा नं.२ बाट खुल्ला सदस्यको पदमा रमेश चनारा

नेपाली कांग्रेस बेलडाँडी वडा नं.२ बाट खुल्ला सदस्यको पदमा रमेश चनारा

बेलडाँडी,
आशन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट वडा नं.२ को खुल्ला सदस्यमा रमेश चनारालाई उम्मेदवार बनाएका छन् ।

दलित, पिछडिएका वर्गको बारेमा आवाज उठाउने चुनारा विज्ञान विषयमा स्नातक सम्मको अध्ययन गरेका छन् । राज्यको हरेक मुलधारमा दलितको उचित प्रतिनिधित्व हुनुपर्छ भन्दै वडा विकासको निम्ति आफु संग नौलो भिजनका साथ वडा अध्यक्षको दावेदार रहेका उनलाई पार्टीले वडा सदस्यमा लड्न अनुरोध गरेपछि पार्टीको निर्णयलाई मान्दै वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।

चुनारा दलित समुदायबाट योग्यता क्षमता भएकै बेलडाँडी गाउँपालिका बाट पहिलो खुल्ला सदस्यको उम्मेदवार हुनुका साथै युवा व्यवसायी तथा दलितको नेतृत्व गर्दै आएका ब्याक्ति समेत हुन् । समाज परिवर्तन, रुपान्तरणमा क्रान्तीकारी सोचविचार भएका उनले वडा नं.२ को विकास र परिवर्तनमा आफ्नो महत्वपुर्ण योगदान दिने र सेवा गर्ने मौका पाए पिछडिएको बर्गको शैक्षिक र आर्थिक विकासको लागि भुमिका निर्वाह गर्ने बताउनु भयो ।

बेलडाँडीका दलित तथा पिछाडा समुदायले कांग्रेस जस्तो ठुलोपार्टीबाट आफ्नो नेतृत्व गर्ने मान्छेलाई खुल्ला सदस्य दिएपछि खुसी व्यक्त गर्दै भोटदिने मनसाय बनाएका छन् ।

ताजा समाचार