Friday, August 19, 2022
गृहपृष्ठसमाचार कोभिड-१९ पुनरोत्थान परियोजना कार्यक्रमको अनुगमन ,चार वडामा २ सय १६ जनालाई निशुल्क...

 कोभिड-१९ पुनरोत्थान परियोजना कार्यक्रमको अनुगमन ,चार वडामा २ सय १६ जनालाई निशुल्क स्वास्थ्य बिमा 

विकास सिह महता/कञ्चनपुर 
कोभिड- १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान (रिकोभर) परियोजना अन्तर्गत नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितीको बैठक ,अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
May be an image of 7 people, people sitting, people standing and indoorएलडब्लुआरको आर्थिक तथा प्राविधिक सहयोग निड्स नेपालको सहकार्यमा सञ्चालित भीमदत्त नगरपालिकामा कोभिड-१९ को महामारीको बेलामा गरेका काम कार्य बारेमा परियोजना संयोजक बिनोद सिंह कडराले एक कार्यक्रमका बिच प्रस्तुतीकरण दिनु भएको थियो।May be an image of 4 people, people sitting, people standing and indoor
मंगलबार एक कार्यक्रमका विच सरोकारवाला निकायले कोभिड पुर्नरुत्थान परियोजना अन्तर्गत निड्स नेपाल कञ्चनपुरले कोभिड पुनरोत्थान परियोजना अन्तर्गत भीमदत्त नगरपालिकामा संचालित योजनाको अनुगमन समेत गरिएको छ। जसमा गड्डाचौकी हेल्थ डेस्क,स्वास्थ्य चौकी जिमुवा र भीमदत्त नगरपालिका वडा न.१९ मा रहेको कृषक समुहमा अनुगमन गरेका परियोजना संयोजक कडाराले बताए।May be an image of 9 people, people standing, tree and grass
गड्डाचौकी हेल्थ डेस्कमा ‘पहिला भन्दा अहिले सहज भएको र अझै आवश्यकता अनुसार थप सहयोगको अपेक्षा राखेका छौँ , खोपको पहिलो दोस्रो र बुस्टर डोज लगायत मलरियाको चेकजाँच गर्ने छौ,आगामी दिनमा सहज होस भन्नको लागि भवन , एन्टिजिन किट लगायतका आवश्यकता रहेको छ।’ गड्डाचौकी हेल्थ डेस्क सिनियर अधिकृत तर्क राज भट्टले बताए।May be an image of 7 people, people standing, outdoors, tree and text that says 'आप्रवासीका सुविधाक लागि निर्मित सुचना के द्र. टनेल र प्रतिक्षालय'
भीमदत्त नगरपालिका वडा न.१९ दशरथ चन्द टोल सानाकिसान कृषक ४९ नम्बर समुहको अध्यक्ष एवं अन्तर समूह चारकि संचालक ३० वर्षीय रमा चौधरी ११ वर्ष देखि कृषि पेशा गर्दै आएकी बताए। उनले भनिन् ,आधुनिकरण प्राविधिक रुपमा जोडिदा राम्रो उत्पादनका साथै आमदानी पनि त्यतिकै राम्रो हुने गरेको छ, अर्कि कृषक महिला खुदनी चौधरीले सात कट्टामा कृषी पेशा गर्दै आएकी छन् । May be an image of 1 person and outdoorsउनले भनिन् , निड्स नेपालले कृषी क्षेत्रमा लगानी लगाउदा आफुहरुले धेरै सहज भएको छ। उनले थपिन ,आगामी दिनमा थप सहयोगको समेत अपेक्षा समेत गरेका छौँ । उक्त क्षेत्रमा अर्गानिक उत्पादनमा ७० घरधुरी कृषी पेशामा आवद्ध रहेका छन् । निड्स नेपालले सहयोग गर्दा आफुहरु लाई सहज भएको कृषकले बताउनुभयो । निरन्तर कृषि पेशामा लाग्दै गर्दा अझै आगामी दिनमा आवश्यक पर्ने थप प्राविधिक सामग्रीको समेत माग राखेका छन् । सरकारी निकायबाट सहयोग नभता पनि गैरसरकारी संस्थाले गरेको सहयोगले आफुहरु लाई कृषि व्यवसायमा ठुलो राहत पुगेको उनिहरु बताउनु हुन्छ ।May be an image of 7 people, people standing, outdoors and tree
निड्स नेपालले कोभिड नियन्त्रण र त्यसबाट प्रभावित समुदायको आर्थिक, समाजिक पुर्नत्थानका लागि ‘कोभिड १९ बाट प्रभावित समुदायको पुनरोत्थान परियोजना(रिकोभर) कार्यक्रम अन्र्तरगत भीमदत्त नगरपालिका पश्चिमी सिमानाका नेपाल प्रवेसद्वार गड्डाचौकीमा होल्डिङ्ग सेन्टर निर्माणदेखि स्वाथ्य सुरक्षा समाग्री वितरण र कोभिडका कारण विदेशबाट रोजगारी गुमाएका र विपन्न मजदुरलाई कृषि, स्वास्थ्यमा सहयोग गरेको थियो ।
May be an image of 6 people, people standing, tree and outdoors
निड्स नेपाल कोभिड-१९ बाट प्रभावित समुदायको पुनरोक्थान परियोजना संयोजक बिनोद सिंह कडाराले परियोजनाले कोभीड- महामारीलो बेलामा अग्रपंक्तिमा रहेर काम कार्य गरेको र विगतमा गरिएका कार्यक्रमको सरोकारावाला निकायबाट अनुगमन एव समिक्षा गरिएको बताए । ‘हामीले परियोजना मार्फत कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिका र काम बारे सरोकारवाला पक्षलाई जानकारी गराए, गरेको कामको समेत स्थलगत अनुगमन गराएका छौँ ।’May be an image of 6 people, people standing and people sittingभीमदत्त नगरपालिका १० सीमा गड्डाचौकीमा होल्डिङ्ग सेन्टर निर्माणदेखि महाकाली अस्पताल सरकारी निकायलाई स्वाथ्य सुरक्षा समाग्री वितरणदेखि विदेशबाट फर्किकालाई व्यवसायिक कृषितर्फ उन्मुख गराएको संयोजक कडाराले बताए ।
संयोजक कडाराका अनुसार ३ सय २४ किसानलाई बिउबिजन वितरण, तालिम ४० पोल्ट्री किसानलाई कुखुराका चल्ला वितरण, पोसिलो खाने परिवार वितरण गरेको बताए । यसका साथै २ सय १६ जनालाई स्वास्थ्य बिमा नि:शुल्क गरिएको छ । भीमदत्तका वडा न. १०,१५ ,१८ र १९ मा ५४-५४ जना गरि २१६ जनालाई स्वास्थ्य बिमा वितरण गरिए हो। भीमदत्तका १० ,१५ ,१८ र १९ नम्बर वडा लाई लक्षित गरि कार्यक्रम संचालन गरिएको छ। भने स्वास्थ्य क्षेत्रमा भीमदत्त नगरपालिका वडा न.९ लाई पुर्ण खोप घोषणा गर्न तयारी समेत रहेको छ।No photo description available.
भीमदत्त नगरपालिकाका सरोकारवाला निकायले निड्सले कोभिड नियन्त्रका लागि खेलेको भूमिकाको मुल्याङ्गकन गर्दै थप आगामी दिनमा समेत संचालित हुनुपर्ने बताएका छन ।
निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामी,स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ अधिकृत शिवराज सुनार, वडा सचीव , कृषी शाखा कार्यालय सहितका सरकारी गैर सरकारी निकायको सहभागिता रहेको थियो ।May be an image of 9 people, people sitting and people standingMay be an image of 6 people, people standing, tree and outdoorsMay be an image of 4 people, people standing, outdoors and treeMay be an image of 3 people, people standing and outdoorsMay be an image of 6 people, people standing, tree and outdoorsNo photo description available.May be an image of 6 people, people standing and outdoorsMay be an image of 4 people, people sitting, people standing, footwear and outdoorsMay be an image of 6 people and people standing

ताजा समाचार