Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीएमाले गाँउ उप-सचिव भट्ट बेलडाँडी १ अध्यक्षको उम्मेदवार

एमाले गाँउ उप-सचिव भट्ट बेलडाँडी १ अध्यक्षको उम्मेदवार

बेलडाँडी,
आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुरका युवा नेता शंकर दत्त भट्ट वडा नं.१ अध्यक्ष पदका लागि उम्मेदवार बनेको छन् ।

नेकपा एमाले बेलडाँडी गाँउ कमिटि उप-सचिव समेत रहेका युवा नेता भट्टले बेलडाँडी गाँउपालिका १ को वडाध्यक्षको यात्रा तय गरेका हुन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एव एमाले गाँउ कमिटि उप-सचिव भट्टले यस पटक वडाध्यक्षमा उम्मेदवारी दिएर चुनावमा होमिएका छन ।

०७४ सालको स्थानीय निर्वाचनमा समेत उनी वडाध्यक्षको दाबेदार थिए । तर अन्तिम समयमा आएर उनलाई अध्यक्षमा ब्याक गरेर सदस्यमा अघि सारिएको थियो । अहिले भने भट्टलाई पाटीले न्याय गरेको छ । आफु वडा सदस्य भएका बेला उनले राज्यबाट पाउने सेवा सुविधाबाट समाजिक काममा खर्च गरेका थिए ।

वडा सदस्य हुँदा समेत वडाको एकीकृत विकासका लागि योगदान पु¥याएका भट्टले चर्चा बटुलेका छन । झण्डै डेढ दशकदेखि राजनीतिक यात्रामा रहेका भट्ट एमालेमा संस्थापन पक्षका बलिया नेताका रुपमा परिचित छन । ०६२ सालदेखि एमाले निकट अनेरास्ववियूको राजनीतिक यात्रामा रहेका भट्टले अहिले कार्यकारी पदको यात्रा तय गरेका छन । ०६२सालतिर उनी रौलेश्वर माविको इकाई कमिटि कोषाध्यक्ष हुँदै क्षेत्रीय सदस्य, ०६३,६४ मा नेजुरेस रौलेश्वरको सचिवमा चुनाव लडेर भारी मतका साथ जितेर आएका उनले आफ्नो कार्यकालमा विद्यालयमा सरस्वती मन्दिर निर्माण गरेका थिए । जिल्ला सदस्य हुँदै ०६८सालमा जिल्ला कोषाध्यक्षको जिम्मेबारीमा थिए । ०६९सालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा मलेसिया, कतार गई ०७३सालमा पुन नेपालमै फर्किएका थिए ।

०७४सालमा भट्टकै भूमिकाबाट समेत वडा र पालिकामा एमाले निर्वाचित भएको थियो । अघिल्लो पटक वडा सदस्य निर्वाचित भएका भट्टले वडाको थप बृद्धि विकासका लागि आफ्नो उम्मेदवारी परेको बताएका छन । वडावासीलाई योग्यतावान, क्षमतावान र वडाको समृद्ध विकासका लागि आफु अहोरात्र खटिन सक्ने भएकाले अफुलाई मतदान गर्न अग्रह गरे ।

ताजा समाचार