Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीचुनावकै मुखमा बेलौरी काँग्रेसमा असन्तुष्टीता, धमाधम पाटी परित्याग गर्दै कार्यकर्ता

चुनावकै मुखमा बेलौरी काँग्रेसमा असन्तुष्टीता, धमाधम पाटी परित्याग गर्दै कार्यकर्ता

कञ्चनपुर,
स्थानीय तहको चुनावकै मुखमा नेपाली काँग्रेस बेलौरीमा चरम असन्तुष्टी बढ्दै गएको छ ।
नेपाली काँग्रेस बेलौरी नगर कमिटीका सहसचिव नरेन्द्रसिंह बिष्टले आफु पार्टीको कुनैपनि पदमा नरहेको भन्दै कञ्चनपुरको बेलौरी नगर कमिटीको सहसचिवबाट राजिनामा दिएका छन् ।

उनले लिखित राजिनामा प्रस्तुत गर्दै पार्टीले गलत आश्वासन दिएको विधि पद्धतीमा नचलेको र आफुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले नगरकार्यसमितिलाई सम्बोधन गरेको पत्रलाई नेपाली काँग्रेस क्षेत्रिय समितिलाई सम्बोधन गर्दै आफुले पार्टीको निर्देशन मानेर जित्ने उम्मेदवार सिफरिस गरेकोमा नगर कमिटी र जनताको इच्छा विपरीत उम्मेदवार बनाएकोमा असन्तुष्टी प्रकट गर्दै राजिनामा गरेको प्रष्ट गरेका छन् ।   

ताजा समाचार