Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीचवन्नी वजार व्यवस्थापन समितिका सचिव खडका वडा नं.५ कांग्रेसबाट अध्यक्षका उम्मेदवार

चवन्नी वजार व्यवस्थापन समितिका सचिव खडका वडा नं.५ कांग्रेसबाट अध्यक्षका उम्मेदवार

बेलडाँडी,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँपालिका वडा नं.५ देखि नेपाली कांग्रेसले युवा नेता तथा चवन्नी वजार व्यवस्थापन समितिका सचिव इन्द्र बहादुर खडकालाई उम्मेदवार बनाएर पठाएको छ ।
खडकाको पार्टी प्रतिको लगाव इमान्दारिता, समाजले चाहेको व्याक्ति हुनाले उम्मेवदार बनाएको बेलडाँडी कांग्रेसले जनाएको छ । झिलमिलामा कांग्रेस भएकै कारण बिभिन्न कम्युनिष्टको दमन खेप्दै आएका खडका परिवारको अहिले पार्टीले उचित मुल्याङ्कन गरी वडा बनाउने जिम्मा लगाएको छ ।

खडका पछिल्लो समयमा नेपाली कांग्रेसमा सकृय मेहनती इमान्दा, वफादार भद्ध नागरिकका रुपमा चिनिदै आएका छन् । खडकाका अनुसार कम्युनिष्टले ५ बर्षमा वडालाई बर्वाद बनाएको भन्दै पार्टीले आफुलाई वडा बनाउने जिम्मा दिएकोले वडावासीहरुले आफुलाई जिताए वडाको सकारात्मक मुहार फेर्ने आफु संग त्यस्ता एजेण्डा भएको बताए ।

यस्तै नेपाली कांग्रेस बेलडाँडीले आफ्नो प्यानल यस्तो तयार गरेको छ । अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्ती नाथ, वडा नं.१ गज बहादुर विष्ट, वडा नं.२ नारद उर्याल, वडा नं.३ दुर्गा प्रसाद चौधरी, वडा नं. ४ धन बहादुर रोकाया, र वडा नं.५ ईन्द्र बहादुर खडकालाई उम्मेदवार बनाएको कांग्रेस बेलडाँडीले जनाएको छ ।

ताजा समाचार