Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ अध्यक्ष पदका लागि कांग्रेसबाट उर्याल

बेलडाँडी वडा नं.२ अध्यक्ष पदका लागि कांग्रेसबाट उर्याल

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अन्य उम्मेदवार भन्दा उमेरले पाका उम्मेदवार नारद उर्याललाई पठाएको छ । पार्टीमा पुर्याएको योगदा, इमान्दारिताको उचित मुल्याङ्कन गर्दै कांग्रेसले आफुलाई उम्मेदवार बनाएको उहाँले बताउनु भयो ।

सानै देखि नेपाली कांग्रेस प्रति आस्था राख्ने उनलाई इमान्दार, बफादार पार्टीको सहि सिपाही भएका कारण उम्मेदवार बनाएको जनाए । वहाँका अनुसार आफुले जनताको पक्षमा काम गर्ने अवको दिन समाजसेवामा बिताउने बताउदै उम्मेदवारी दिएको जनाए । मलाई कुनै लालच छैन्, आफुलाई अध्यक्षमा जिताए बेलडाँडी वडाको मुहार फेर्ने प्रयास गर्ने बताए । भ्रष्टचार तिर उन्मुख हुन लागेको स्थानीय सरकारलाई भ्रष्टाचार मुक्त बनाउने आफ्नो पहिलो प्रयास रहने छ ।

यस्तै नेपाली कांग्रेस बेलडाँडीले आफ्नो प्यानल यस्तो तयार गरेको छ । अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्ती नाथ, वडा नं.१ गज बहादुर विष्ट, वडा नं.२ नारद उर्याल, वडा नं.३ दुर्गा प्रसाद चौधरी, वडा नं. ४ धन बहादुर रोकाया, र वडा नं.५ ईन्द्र बहादुर खडकालाई उम्मेदवार बनाएको कांग्रेस बेलडाँडीले जनाएको छ ।

ताजा समाचार