Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा २७ पदका लागि १२२ जना भिड्दै

बेलडाँडीमा २७ पदका लागि १२२ जना भिड्दै

बेलडाँडी,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँपालिकाबाट १२२ जना २७ पदका लागि भिड्न लागेका छन् ।

बेलडाँडी निर्वाचन अधिकृतको कार्यालयको जानकारी अनुसार वडा सदस्य देखि गाउँपालिका अध्यक्ष सम्म पाचै वडाबाट १२२ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा ६ जना, उपाध्यक्षमा ६ जना, वडा नं.१ मा अध्यक्ष ६ जना, वडा नं.२ मा ९ जना, वडा नं.३ मा ६ जना, वडा नं.४ मा४ जना, वडा नं.५ मा ६ जना अध्यक्षका उम्मेदवार रहेका छन् ।

पुरा यो हेर्नुस्

ताजा समाचार