Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीपार्टीको निर्णयलाई आत्मसात गर्दै वडा न.१ को सदस्यमा लड्दै शाह

पार्टीको निर्णयलाई आत्मसात गर्दै वडा न.१ को सदस्यमा लड्दै शाह

 विकास सिह महता/कञ्चनपुर

पार्टीको निर्णयलाई आत्मसात गर्दै बेलडाँडी गाउँपालिका वडा न.१ को सदस्यमा चेत बहादुर शाहको उम्मेदवारी रहेको छ। वडा अध्यक्षको दावी गरेका नेकपा माओवादी केन्द्रका बेलडाँडी गाउँपालिका कमिटी सचीव एवं वाइसेयल बेलडाँडि इन्चार्ज चेत बहादुर शाह गठबन्धन भएसात भागबन्डामा वडा न.१ नपरेपछि सदस्यमा उम्मेदवारी दिएको हो।

बैशाख ३० गते हुने भनिएको स्थानीय तहको चुनावका लागि कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच बाम गठबन्धन भएपछि पार्टीले गरेको निर्णयलाई सहजै मान्दै उनले वडा सदस्यमा उम्मेदवारी दिएको हो । ‘जिल्ला कमिटीको समन्वय समितिले गरेको निर्णयलाई मैले सहजै सुइकारदै वडा सदस्य भए पनि उम्मेदवारी दिएको हु,उनले भने, अन्य साथिहरुले पार्टी बाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका छन् , तर मैले सहजै पार्टीले गरेको उच्च मुल्यांकनलाई आत्मसात गर्दै सदस्य भएपनि लड्नेछु।’

समाजसेवी युवा शाह सांगीतिक यात्रा हुदै सरस्वती माध्यमिक विद्यालय झरनासागरका व्यवस्थापन समितिका अध्यक्ष हुन। साथै बेलडाँडी क्षेत्रको खेलकुद क्षेत्रमा अग्रणी रहेको अलस्टार युवा क्लबका अध्यक्ष समेत रहेका हुन। जिल्लामा दुई पार्टी बिच बामगठबन्धन भएपछि बेलडाँडिका तीन वडा १,२ र ५ मा समाजवादि र दुई वडा ३ र ४ मा नेकपा माओवादी केन्द्रको भागबन्डामा परेको छ।

ताजा समाचार