Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा सतप्रतिशत पुरानै वडाअध्यक्षहरु दोहोरिदै, स्थानीय बासिन्दा ससंकित

बेलडाँडीमा सतप्रतिशत पुरानै वडाअध्यक्षहरु दोहोरिदै, स्थानीय बासिन्दा ससंकित

बेलडाँडी,

पाच बर्ष स्थानीय सरकार संचालनको स्वाद चाखेका बेलडाँडी गाउँपालिकाका सतप्रतिशत वडा अध्यक्षहरु पुनः दोहोरिनका लागि मरिहत्ये गरी टिकट ल्याएर आज अध्यक्षमा पुनः उम्मेदवारी दिएका छन् । उनीहरुले दिएको उम्मेदवारी देखेर स्थानीय वासिन्दा झिन ससंकित बनेका हुन ।

बेलडाँडी गाउँपालिका वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्री समाजवादी र नेकपा माओवादी केन्द्रबाट वडा नं.१ अध्यक्ष पदका साझा उम्मेदवार बनेका छन् । वडा नं.२ का अध्यक्ष प्रेमराज खाती नेकपा एमाले वडा नं.२ अध्यक्ष पदका उम्मेदवार बनेका हुन । वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी नेपाली कांग्रेस वडा नं.३ अध्यक्ष पदका उम्मेदवार बनेका छन् । वडा नं.४ का अध्यक्ष विर बहादुर खडका नेकपा एमाले वडा नं.४ बाट अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन । भने वडा नं. ५ का अध्यक्षको निधन भएकाले उनको साटो एमाले वडा नं.५ ले भीम बहादुर खडकालाई अध्यक्षको उम्मेदवार बनाइ पठाउको छ ।

उनीहरुका अनुसार पाचँ बर्ष यता फर्किदा उता फर्किदा बितेकोले र शुरुशुरुमा वडा चलाउने अनुभव नएकाले पुनः वडा अध्यक्षमै उम्मेदवारी दिएको बताए । पार्टीले आफुहरुलाई विश्वास गरेर टिकेट दिएको उनीहरु भनाइ छ ।

उनीहरुको अडानले स्थानीय बासिन्दाहरुमा संका उत्पन्न भए पछि स्वतन्त्र उम्मेदवारको संख्या बढेको बेलडाँडीका एक बुद्धिजिबीले बताए । उनका अनुसार यसरी मरीहत्य गर्नु सागर जस्ता पार्टीहरुमा अरु मान्छे नदेखिनुले स्थानीय बासिन्दा झिन ससंकित बनेका छन् ।

ताजा समाचार