Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ बाट पाच जना भन्दा बढी स्वतन्त्र उम्मेदवार

बेलडाँडी वडा नं.२ बाट पाच जना भन्दा बढी स्वतन्त्र उम्मेदवार

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुरका युवा नेता बिष्णुराम उपाध्याय, एमाले बाट निर्वाचित निर्वतमान वडा सदस्य भोजराज पाण्डेय, समाजवादीका युवा नेता दिपेन्द्र धामी, नेकपा माओवादी केन्द्रका युवा नेता लक्ष्मण राना र नेकपा विपल्वका युवा नेता हिरा सिह ओखेडाले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका छन । आफ्ना पार्टीले घात गरेको भन्दै उनीहरुले वेलडाँडी वडा नं.२ बाट स्वतन्त्र अध्यक्ष पदका लागि उम्मेदबारी दर्ता गराएका छन ।

उनीहरुले भ्रष्टचार अन्त्य गर्नका लागि आफुहरुको उम्मेदवारी रहेको बताए । पार्टीले सहि मुल्याङ्कन नगरेको जिकिर गर्दै उपाध्यायले भने पुनः एकै जनालाई दोहर्याएको आरोप लगाउदै पार्टीका टिकट दिने नेताले समेत ती व्याक्तिबाट घुस खाएका कारण टिकट दिएको हुन सक्ने आरोप लगाए ।

उनले भने आफ्नो उम्मेदवारी समृद्ध वडा बनाउनका लागि आफुले उम्मेदवारी दिउको जनाए । यस्तै निर्वमान वडा सदस्य रहको भोजराज पाण्डेयले पार्टीले आफुलाई धोका दिएको जिकिर गरे । पाच बर्षे कार्यकालमा आफुले धेरैकुरा सिकेको तर अव अध्यक्ष भएर ति कुरा लागु गर्ने आफ्नो चहना रहेको जनाए ।

यस्तै दिपेन्द्र धामीले कुनै पार्टीले पनि राम्रो उम्मेदवार नदिएकाले आफुले स्वतन्त्र उम्मेदवार दिएको बताए । लक्ष्मण रानाले भने माओवादी केन्द्रले बेलडाँडी पार्टीलाई हेपेको बताउदै गठवन्धनका विरुद्धमा आफुले उम्मेदवारी दिएको बताए । यस्तै हिरा ओखेडाले भ्रष्टचार मौलाएको भन्दै यसलाई निर्मुल पार्नकालागि आफ्नो उम्मेदवारी रहेको जनाए ।

ताजा समाचार