Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमाले युवा नेता भट्टद्धारा स्वतन्त्र उम्मेदवारी

एमाले युवा नेता भट्टद्धारा स्वतन्त्र उम्मेदवारी

बेलौरी,
नेकपा एमाले कञ्चनपुरका युवा नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । पार्टीले घात गरेको भन्दै बेलौरी नगरपालिका ९ बाट वडाध्यक्षका लागि बलदेब भट्टले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन । उनका साथै वडा सदस्यमा बिरु सुनार र बिष्णु दत्त भट्ट समेतले स्वतन्त्र सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।

लामो समय देखि विद्यार्थी राजनिति गरेका भट्टले भने पार्टीले धोखा दिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए । भट्ट एमाले बेलौरी नगरपालिका ९का नगर कमिटी सदस्य, बिद्यार्थी राजनीति अनेरास्ववियुमा २०६३साल देखि २०७३ मा वडा कमिटी सदस्य, २०७४सालमा युवा संघ नेपाल नगर कमिटी सदस्य रहेको थिए ।
राम्रा उम्मेदवार युवालाई पाटीले धोका दिएको भन्दै चर्चित युवा नेताहरुलाई जिम्मेबारीबाट पन्छ्याउन खोजिएको बताएका छन ।

 

ताजा समाचार