Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीयुवा समाजसेवी शाहद्वारा बेलडाँडी १को वडाध्यक्षमा उम्मेदवारी

युवा समाजसेवी शाहद्वारा बेलडाँडी १को वडाध्यक्षमा उम्मेदवारी

कञ्चनपुर,
कञ्चनपुरका युवा समाजसेवी तथा बेलडाँडीका स्थानीय मिन बहादुर शाहले बेलडाँडी गाँउपालिका १को वडाध्यक्षमा उम्मेदवारी दिएका छन । शाहले बेलडाँडी गाँउपालिका १को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । शाहले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । ‘मैले कुनै पनि दलबाट भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु, ‘उनले भने, ‘वडाको एकीकृत विकास र सम्बृद्धिका लागि मेरो उम्मेदबारी परेको हो ।’ उनको उम्मेदवारीसंगै स्थानीय युवा हर्षित भएका छन । रौलेश्वर उच्च माविका टपर विद्यार्थी शाह सशस्त्र प्रहरीका पुर्व कर्मचारी हुन । स्वदेश तथा विदेशमा समेत राम्रो अनुभव सीप बटुलेका शाहले यस पटक जनप्रतिनिधीको यात्रा तय गरेका छन ।

ताजा समाचार