Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमाले ४नं. ले निकाल्यो भयाभह जुलुस

बेलडाँडी एमाले ४नं. ले निकाल्यो भयाभह जुलुस

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ एमालेबाट अध्यक्षका उम्मेदवार बिर बहादुर खडकाले भयाभह हुने जुलुस निकालेको छ । २०७४ सालको निर्वाचनमा समेत वडा अध्यक्षमा भारी मतान्तरले विजयी भएका खडकाको पक्षमा उम्मेदवारी दर्ताका लागि भारी जुलुस निकाली गाउँकमिटीको कार्यालय चवन्नी जुलुस पुगेको छ । कञ्चनपुरकै उत्कृष्ट वडाध्यक्ष भएको भन्दै उनको पक्षमा फरक पाटीका मान्छेले समेत साथ दिएको एमालेले जनाएको छ ।

चवन्नीमा जमाभई सयुक्त रुपमा निर्वाचन कार्यालय जाने बेलडाँडी गाउँकमिटीका अध्यक्ष लक्ष्मण भाटले जानकारी गराउनु भयो । उहाँका अनुसार पाटीले दिएको जिम्मेवारी सबैले पालना गर्नुपर्ने भन्दै सबैले लाग्नु पर्ने बताए । बिशाल जुलुसका साथ हाम्रा अध्यक्षका उम्मेदवार अक्कल बहादुर बिष्टको नेतृत्वमा उम्मेदवारी दर्ता हुने बताए ।

एमालेबाट अध्यक्ष पदमा अक्कल बहादुर विष्ट उपाध्यक्ष फुल कुमारी राना, वडा अध्यक्षहरुमा क्रमस १ शंकर दत्त भट्ट, २ प्रेमराज खाती, ३ गणेश बहादुर विष्ट, ४ वीर बहादुर खडका र ५ भिम बहादुर खडका रहेका छन् ।

ताजा समाचार