Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीटिकटको विषयमा काँग्रेस कञ्चनपुरमा मारामार आफ्ना एसमेनहरुलाई मात्रै टिकट दिएको भन्दै अन्तरघात...

टिकटको विषयमा काँग्रेस कञ्चनपुरमा मारामार आफ्ना एसमेनहरुलाई मात्रै टिकट दिएको भन्दै अन्तरघात गर्ने घोषणा

कञ्चनपुर,
नेपाली काँग्रेसले कञ्चनपुरका ९वटै पालिका र ९२वटै वडामा प्रमुख उप प्रमुखका उम्मेदबार टुङग्याएसंगै नेता कार्यकर्ताहरुविच चरम असन्तुष्टीता प्रकट भएको छ । लोकतान्त्रिक पाटीमा अलोकतान्त्रिक चरित्र र तानाशाही प्रवृति हावि भएको भन्दै नेता कार्यकर्ता बिरोधमा उत्रिएका छन । नेता कार्यकर्ताहरुले दिवान विष्ट, रमेश लेखक एनपी साउदले आफ्ना गल्तीमा मान्छे एसमेनहरुलाई मात्रै टिकट दिएको भन्दै अन्तरघात गर्ने खुलेसै घोषणा गरेका छन । पाटीमा लामो समय काम गरेका ईमान्दार, उच्च नैतिकवान एव जनता, पाटीका लागि ईमान्दाररितापुर्वक काम गर्नेहरुलाई टिकट नदिएको भन्दै बागी उम्मेदवारी दिने र फरक पाटीलाई भोट दिने घोषणा गरिरहेका छन । काँग्रेस असन्तुष्ट पक्षले झलारी स्थित क्षेत्र २काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । भने शुक्लाफाँटा नगरपालिका अध्यक्ष लाल ब. सिह सहितका दर्जनौँ नतो कार्यकर्ताहरुले राजिनामा दिएको घोषणा गरेका छन । उनीहरुले आफ्नालाई पटक पटक हार्दा र जित्दा पनि अरुलाई अवसर नदिने, नेताको चाकडी गर्नेहरुलाई काँखी च्यापेको भन्दै असल काँग्रेस भनेर जुनी काटेका नेताहरुलाई पाखा लगाएको बताएका छन । एक काँग्रेस नेताले काँग्रेसका नेताहरुको सामन्तीशैलीका कारण केही दिन अघि निर्वाचित सह सचिव पुष्कर चौधरी सहित सायौँ नेता कार्यकर्ता माओवादीमा गएको भन्दै ठिक गरेको र बाँकी पीडितले समेत पाटी परित्याग गर्दै रुखेको रुख जस्तै बनाउनुपर्नेमा आक्र्रोस पोखिरहेका छन । टिकट नपाएका नेता कार्यकर्ताहरुले असन्तुष्ट पोख्नु स्वभाविक भएको पार्टीले जनाएको छ । 

ताजा समाचार