Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीभोली बेलडाँडीमा राप्रपाका युवा नेता तथा भ्रष्टचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही चुनावी...

भोली बेलडाँडीमा राप्रपाका युवा नेता तथा भ्रष्टचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही चुनावी सभालाई सम्वोधन गर्न आउदै

बेलडाँडी,
बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर भोली राप्रपा नेपालले बेलडाँडीमा बृहत चुनावी सभा आयोजना गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको टोली बेलडाँडी आउन लागेको बेलडाँडी राप्रपाका युवा नेता प्रकाश मालीले जानकारी गराउनु भयो । वहाँका अनुसार आफ्नो पार्टीको लडाई कुनै व्यक्ति र पार्टीसंग नभई सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्धमा रहेको बताउदै यसका अभियान्ता समेत रहेका शाहीलाई बेलडाँडीमा ल्याउन थालेको बताए ।

मालीले भने ‘देशको बर्तमान अवस्था सबै तिरबाट बर्बाद भईसकेको र यसो हेर्दा अहिले सबै पार्टीले राम्रो उम्मेदवार खडा गर्न नसकेकाले राप्रपाका उम्मेदवारलाई भोट दिएर भ्रष्टचार मुक्त बेलडाँडी बनाउनु पर्ने बताए ।’

उनले भने,‘हाम्रो लडाई कुनै व्यक्ति र पार्टी संगको होईन सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्ध हो ।’ बेलडाँडीलाई भ्रष्टतन्त्रले बर्षौ पछाडि धकेलेको छ भन्दै मालीले भने,‘ देशको राष्ट्रियता धरापमा पर्नु, जनताले महङ्गीमा डुब्नुको मुख्यकारण नै भ्रष्टाचार रहेको उल्लेख गरे ।

भोली दिउसो १ बजे चवन्नी बजारको खुल्ला मञ्चमा बृहत कार्यक्रम रहेको र राष्ट्रप्रेमी देशभक्त नागरिकले आएर हाम्रा विचार सुनिदिन आग्रह गरे ।

ताजा समाचार